१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

एकै दिनमा ट्रान्सक्रिप्ट

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप्ट) उपलब्ध गराउनका लागि आज आइतवारदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा आइतवार आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सो प्रणालीको उद्घाटन गर्दैस्नातक तह शिक्षाशास्त्रका मनोजकुमार सिंहलाई उक्त प्रविधिबाट बनेको प्रमाणपत्र हस्तान्तरण गरे। खनियाँले त्रिवि अब सूचना प्रविधिमैत्री भएको बताए । ‘‘हामी त्रिविलाई कागजविहीन बनाउन प्रयासमा छौं । यसैको शुरुआत आजदेखि एकै दिनमा ट्रान्सकृप दिन थालेका हौँ’’ खनियाँले भने, ‘‘एकै दिनमा ट्रान्सक्रिप्ट दिने सेवालाई विस्तारै क्षेत्रीय कार्यालय र क्याम्पसमा विस्तार गर्नेछौँ ।’’ उनले सन् २०२० सम्म अनलाइन प्रणालीलाई व्यवस्थित बनाई परीक्षा सुधार गरिने जानकारीसमेत बताए ।

कार्यक्रममा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई ट्रान्सक्रिप्ट पाउन हप्ता लाग्ने भएकामा अब सजिलोका लागि फाराम भरेकै दिन पाउने जानकारी दिए । नियन्त्रक जोशीले विभिन्न सङ्काय र तहका नौ ठाउँलाई एकीकृत गरी एकै ठाउँबाट उक्त प्रविधि प्रयोग गरी ट्रान्सक्रिप्ट दिइने जानकारी दिए ।

त्रिविले अहिले शुरुमा स्नातक तहको शिक्षा शास्त्रसंकायको मात्र ट्रान्सक्रिप्ट दिने गरे तापनि एक हप्ताभित्र सबै सङ्कायको दिने तयारी गरेको छ । नयाँ प्रविधिको प्रयोगबाट एक मिनेटमा ४५ वटा ट्रान्सक्रिप्ट छाप्न सकिन्छ । सोही प्रणालीमार्फत त्रिविले रजिष्ट्रेशन, परीक्षा फाराम, नतिजा प्रकाशन, लब्धाङ्क र प्रोभिजनल सर्टिफिकेट समेत वितरण गर्नेछ । पहिले एक मिनेटमा एक मात्र ट्रान्सक्रिप्ट छाप्ने गरिएको थियो ।

विद्यार्थीलाई सजिलोका लागि टोकन प्रणालीमार्फत एकै ठाउँमा शुल्क र फाराम बुझाएपछि सोही ठाउँबाट एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराइने परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।  पनिकाले अहिले केन्द्रीय कार्यालयबाट शुरु गरे तापनि विस्तारै पोखरा, नेपालगञ्ज, विराटनगर र अत्तरियाबाट समेत एकै दिनमा ट्रान्सक्रिप्ट दिइने तयारी गरेको छ। अहिले दैनिक करीब एक हजार पाँच सय जना ट्रान्सक्रिप्ट लिन पनिका बल्खुमा आउने गरेका छन् । अहिले त्रिविको सम्बन्धन रहेका झन्डै एघार सय क्याम्पसमा करीब छ लाख हजार विद्यार्थी अध्ययनरत छन्।(रासस)

प्रकाशित: १३ जेष्ठ २०७५ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App