महानगरले हटायो धरहराको म:म पसल (भिडियो)

शनिबार, १२ जेठ २०७५, १७ : ३१ नागरिक

6830


काठमाडौं- काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा रहेका रेष्टुरेन्ट र पसल खाली गराएको छ। महानगरले शनिबार दिउँसो धरहरा क्षेत्रमा रहेका पसल र रेष्टुरेन्ट खाली गराएको हो। महानगरले २४ घण्टाभित्र खाली गराउन दिएको निर्देशन अटेरी गरेपछि नगर प्रहरीले शनिबार दिउँसो हस्तक्षेप गर्दै सो क्षेत्रलाई खाली गराएका हुन्।

यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा क्षेत्रमा रहेका संरचना १५ दिन भित्र हटाउन महानगरलाई भनेको थियो। प्राधिकरणले वैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सरोकारवालाको बैठक राख्दै १५ दिनभित्र धरहरा क्षेत्रका संरचना हटाउन निर्देशन दिएको थियो।

महानगरपालिकाले साइड वर्कश ट्रेडर्स प्रालिसँग धरहरा संचालन व्यवस्थापन प्रयोजनार्थ भएको सम्झौताको मुल विषयबस्तु  २०७२ बैशाखमा आएको भूकम्पमा ध्वस्त भएको हुँदा उक्त सम्झौता स्वत समाप्त भएको भन्दै संरचना हटाएको हो। नागर कार्यपालिकाको शुक्रबारको निर्णय अनुसार धरहरा परिसरमा भाडामा लगाइएका सटर, टहरा तथा रेष्टुराँका भौतिक संरचना २४ घण्टाभित्र हटाउन महानगरले निर्देशन दिएको थियो। महानगरको निर्देशनमा अटेरी गरेपछि शनिबार नगर प्रहरीले रेष्टुरा तथा टहरा खाली गराएका हुन्।   

धरहरा क्षेत्रलाई १३ वर्षदेखि साइड वाकर्स ट्रेडर्स प्रालिले व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएको छ। साइड वाकर्सले धरहरा क्षेत्रमा सम्झौताविपरीत मःमः पसल, आइसक्रिम स्टल, बुटिक पसल, करिब एक दर्जन कपडा पसल सञ्चालन गरेर मासिक लाखौँ आम्दानी गर्दै आएको छ।

प्राधिकरणले धरहरा बनाउन टेन्डर समेत आह्वान गरिसकेको अवस्थामा महानगरले धरहरा क्षेत्रलाई खाली गराएको हो। विनाप्रतिस्पर्धा र महानगर परिषद्को स्वीकृतिबेगर तत्कालीन मेयर केशव स्थापितले २०६१ वैशाख ३१ गते २० वर्षका लागि धरहरा सञ्चालन तथा संरक्षणको जिम्मा साइड वाकर्सलाई दिएका थिए।

त्यसयता सम्झौता मिचेर साइड वाकर्सले धरहरालाई ‘कमाइ खाने भाँडो’ बनाउँदै आएको छ। साइड वाकर्सले धरहरा क्षेत्रमा अझै सात वर्ष व्यवसाय गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ।

तस्बिरहरु : दिपेन्द्र रोक्का







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...