विमर्श

नेपाली भाषा शिक्षकको मात्रै सम्पत्ति हो त ?

शनिबार, १२ जेठ २०७५, ०७ : ०५ माधवप्रसाद नेपाल

विगत एक महिनादेखि नेपाली विषय बचाउ अभियानका नाममा देशव्यापी रूपमा एक प्रकारको भाषिक आन्दोलन चर्किरहेको छ । अभियानको मुख्य माग कक्षा ११ र १२ दुवैमा अनिवार्य नेपाली न्यूनतम ४-४ पाठ्य घन्टा (क्रेडिट आवर) पढाइ हुनुपर्ने रहेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको विद्यालय शिक्षाको राष्ट्रिय प्रारूप २०७५ को मस्यौदामा ती कक्षामा नेपाली विषय खुम्च्याएर कम पाठ्यभार राख्न लागेको प्रस्तावविरुद्ध नेपाली भाषालाई माया गर्ने  अगुवाहरू सक्रिय भएका हुन् ।

मस्यौदामा अनिवार्य नेपाली विषयलाई पाठ्य घन्टा ३ प्रस्ताव गरिएको छ । केन्द्रको प्रस्ताव कार्यान्वयन हुने हो भने विद्यालय तहका बालबालिका नेपाली भाषा सिकाइ अपुग हुने र कालान्तरमा नेपाली भाषा कमजोर भई राष्ट्रिय पहिचानसमेत खतरामा पर्न सक्ने चासो अभियन्ताहरूको छ ।  अभियानमा नेपाली भाषामा उच्चशिक्षा अध्ययन गरिरहेका त्रिभुवन विश्वविद्यालयका विद्यार्थी, नेपाली भाषाका शिक्षक तथा प्राध्यापकहरू संलग्न छन् ।

त्रिवि नेपाली केन्द्रीय विभाग प्रमुख प्रा. देवीप्रसाद गौतम, प्रा. खगेन्द्रप्रसाद लुइँटेललगायत प्राध्यापकहरू मस्यौदाप्रति विमति राख्दै कक्षा ११ र १२ मा अनिवार्य नेपाली न्यूनतम ४-४ पाठ्य घन्टा (क्रेडिट आवर) राख्नैपर्ने अडानमा छन् । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा. लुइँटेलले त सञ्जालमार्फत केन्द्रको मस्यौदामाथि तीव्र असहमतिमात्र जनाएका छैनन्, प्रधानमन्त्रीसहित सरोकारवाला निकायसमक्ष पत्र लखेरै गम्भीर ध्यानाकर्षणसमेत गराइसकेका छन् । अभियानको समर्थनमा नेपाली विभाग रहेका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त देशभरका क्याम्पसबाट लिखित प्रतिबद्धताहरू आएका छन् ।

नेपाली विषय बचाउका पक्षमा अभियान सुरु भएपछि मुख्य गरी दुई प्रश्न सतहमा आएका छन् पहिलो, नेपालभित्रैका विद्यालय तहमा नेपाली भाषा अनिवार्य रूपमा पढाइ होस् भनेर किन आन्दोलनमा गर्नुपरेको होला ? दोस्रो, नेपाली भाषा शिक्षक र प्राध्यापकको मात्र निजी सम्पत्ति हो ?

यस्तै शिक्षकका पेसागत सङ्गठनका प्रतिनिधिहरूले अभियानमा मौखिक ऐक्यबद्धता जनाएर जसरी पनि नेपाली विषयलाई कक्षा १२ सम्म अनिवार्य रूपमा पढाउनका लागि सम्बन्धित निकायसमक्ष दबाब दिने प्रतिबद्धता जनाएका छन् ।नेपाली विषय बचाउका पक्षमा अभियान सुरु भएपछि मुख्य गरी दुई प्रश्न सतहमा आएका छन्  पहिलो, नेपालभित्रैका विद्यालय तहमा नेपाली भाषा अनिवार्य रूपमा पढाइ होस् भनेर किन आन्दोलनमा गर्नुपरेको होला ? दोस्रो, नेपाली भाषा शिक्षक र प्राध्यापकको मात्र निजी सम्पत्ति हो ?

नेपालको संविधान २०७२ को धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था छ । अहिले देशको संघीय सरकारका निकायहरू, ७ वटा प्रदेश सरकार, ७५३ स्थानीय तहको कार्यालयमा नेपाली नै कामकाजी भाषाको रूपमा रहेको छ । त्यतिमात्र होइन, यो नेपालका झन्डै तीन करोड नेपालीको सम्पर्क भाषा त हो नै, नेपालबाहिर पूर्वोत्तर भारतका दार्जिलिङ, सिक्किम, असमसहित भुटान, बर्मालगायत नेपाली भाषी बसोबास गरिरहेका संसारका करोडौँ नेपालीको माध्यम भाषा र सम्पर्क भाषा हो । यसमध्ये सबैभन्दा नेपाली भाषाका वक्ता नेपालमै छन् ।

नेपालीको सभ्यता, राष्ट्रियता र पहिचानसँग जोडिएको छ नेपाली भाषा । तसर्थ विद्यालय तहमा अनिवार्य रूपमा नेपाली विषय पठनपाठन हुँदा व्यक्तिले भाषिक सीपहरू सुनाइ, बोलाइ, पढाइ, लेखाइ मात्र जान्दैन, बिस्तारै आफ्नो कला, संस्कृति, सभ्यता, पहिचान र वाङ्मयका विविध पक्षको जानकारी हासिल गर्न सक्छ । यतिमात्र होइन व्यक्तिले ज्ञानविज्ञानका विविध क्षेत्रमा अध्ययन गर्दा मातृभाषामा जति छिटो सिक्न सक्छ, अरु भाषामा सिक्न सक्दैन भन्ने तथ्य विभिन्न अध्ययनहरूले देखाइसकेको कुरा हो । तसर्थ नेपालभित्र खपत हुने जुनसुकै जनशक्तिले स्तरीय नेपाली भाषा जान्नैपर्ने हुन्छ।

कक्षा ११ १२ को सक्षमतामा उक्त तह पार गरेपछि विद्यार्थी दैनिक क्रियाकलापका साथै प्राज्ञिक क्षेत्रमा आत्मविश्वासका साथ उपयुक्त, सिर्जनात्मक र सान्दर्भिक रूपमा भाषिक एवम् सञ्चार सीपको प्रयोग  गर्न सक्षम हुनेछ भनिएको छ । भाषा नै पढ्न पाएपछि विद्यार्थीले कसरी सिर्जनात्मक र सञ्चार सीपको विकास गर्न सक्ला ? त्यस्तै विद्यालय तहमै नेपाली भाषाको सामान्य जानकारी हासिल नगर्ने हो भने सरकारी सेवामा प्रवेश गरेपछि त्यस्ता जनशक्तिले कस्तो सेवा प्रवाह गर्न सक्ला ? सक्षमता वा उद्देश्य एकातिर छ अनि त्यसलाई कार्यरूपमा लैजाने पाठ्यक्रम अर्को छ भने त्यसले कस्तो प्रतिफल देला ?

कतिपय शिक्षाविद्हरू, नीति निर्माताहरू, विषयविज्ञहरूसमेत कक्षा ११ सम्म अनिवार्य नेपाली विषय नराख्ने पक्षमा रहेको पाइन्छ । हाम्रो शिक्षा नीति निर्माण र कार्यान्वयन विगत लामो समयदेखि एसियाली विकास विकास बैंक, विश्व बैंक, डानिडालगायतका अन्तर्राष्ट्रिय दातृसंस्थाको सहयोगमा सञ्चालित हुँदै आएका छन् ।

दातृ निकायबाट लागू गरिएको शिक्षा नीति कार्यान्वयन, विषय छनोट, शिक्षक नियुक्ति, तालिमलगायतका विषयमा उनीहरूको चासो हुनु स्वाभाविकै हो । यसो भन्दैमा हाम्रा शिक्षाविद्, नीति निर्माता र विषयविज्ञहरू दातृ निकायकै प्रभावमा परेर आफ्नो पहिचान खुम्च्याउन सक्रिय रहनचाहिँ पटक्कै सुहाउँदैन । विद्यालय तहको अन्तिम खुड्किलोसम्म अनिवार्य नेपाली पठनपाठन गर्ने विषयमा पाठ्यक्रम विकास केन्द्रका उच्च अधिकारी र शिक्षा मन्त्रालयको नेतृत्व संवेदनशील हुनु सकेको देखिएन ।

आफ्नो भाषा, संस्कृति, सभ्यता, पहिचानसँग जोडिएको नेपाली भाषाका बारेमा यी निकायहरू गम्भीर थिए भने अहिले विषय बचाउका पक्षमा अभियान सञ्चालन गर्नुपर्ने थिएन । विद्यालय तहमा नेपाली विषय खुम्च्याउने कार्यमा केही विषयविज्ञ नै संलग्न रहेको आरोप पनि अभियानमा संलग्न व्यक्तिहरूले लगाउने गरेका छन् । यस्तो आरोप सत्य नहुन पनि सक्छ, किनकि जुन विषयले उनीहरूको व्यक्तिगत पहिचान चुलिएको छ, उनीहरूबाट त्यही विषयमाथि यस्तो खेलवाड नहुन सक्छ ।नेपाली विषय बचाउ अभियानमा संलग्न हुने र ऐक्यबद्धता जनाउनेमा अधिकांश  शिक्षण पेसामा आबद्ध व्यक्तित्वहरू छन् ।

यस्तो अवस्थामा कतिपय नीति निर्माताहरू के भन्न थालेका छन् भने विषय खुम्च्चाइयो भने शिक्षकहरूको जागिर जान्छ, नेपाली पढरहेकाहरूले जागिर पाउँदैनन्, नेपाली विषय बचाउका नाममा जागिर जोगाउने अभियान हो यो । तर त्यस्ता नीति निर्माताहरूले के जबाफ दिनुपर्छ भने नेपाली भाषा नेपाली विषय पढ्ने र पढाउनेको मात्र हो ? यसमा मुलुकको पहिचान जोडिएको छैन ? देशको इतिहास, कला, संस्कृति, साहित्य बुझ्न नेपाली भाषामा विशेष ज्ञान हुन आवश्यक छैन ? वकिल, पत्रकार, लेखापढी व्यवसायी, निजामती सेवामा आबद्ध हुन नेपाली भाषामा ज्ञान हासिल गर्नु पर्दैन ? सरोकारवाला निकायहरूले यस्ता प्रश्नहरूको उत्तर दिनैपर्छ । अन्यथा नेपाली विषय खुम्च्याउन खोज्नुको कारण ती निकायका टाउकेहरू क्षणिक लोभानीपापानीमा परेको स्पष्ट हुन्छ।

नेपाली विषय बचाउ अभियानले के स्पष्ट पारिदिएको छ भने आफ्नो भाषाप्रति नेपाली विषय पढेका विद्यार्थी जति सचेत र संवेदनशील छन्, अरुको यसमा खासै चासो देखिँदैन । नेपाली विषय पढ्नेहरू नै आफ्नो पहिचान र राष्ट्रियताप्रति बढी सचेत हुन्छन् । उनीहरूले शिक्षण सिकाइका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो सभ्यता, संस्कृति, रीतिरिवाजलाई कक्षाकोठामै सिकिरहेका हुन्छन् । त्यसैको प्रभावले उनीहरूलाई आफ्नो भाषाप्रति माया र चासो हुनु स्वाभाविकै हो।

मुलुकमा लामो समयपछि बहुमतको बलियो सरकार बनेको छ । यस्तो सरकारले गर्ने निर्णय मुलुकको दीर्घकालीन हितमा हुने आशा सबै नेपालीले लिएका छन् । विद्यालय तह मुलुकको भविष्यसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । तसर्थ यो तहमा कस्तो विषय पठनपाठन हुने, कस्तो विषयलाई प्राथमिकता दिने, नेपाली विषयलाई कम महत्त्व दिँदा मुलुकको भविष्य कतातिर जानेछ भन्ने विषयमा सरकार संवेदनशील हुनैपर्छ।

तसर्थ कक्षा १२ सम्म मा अनिवार्य नेपाली न्यूनतम ४- ४ पाठ्य घन्टा (क्रेडिट आवर) पढाइ हुने व्यवस्था हुनुपर्छ । साथै स्नातक तहका विभिन्न प्राविधिक विषयमा प्रयोजनपरक नेपाली विषय पठनपाठन हुने व्यवस्था गर्नुपर्दछ । मानविकीबाहेकका सङ्कायमा इन्जिनियरिङ नेपाली, विज्ञान नेपाली, चिकित्सा नेपाली, व्यवस्थापन नेपाली जस्ता विषयहरू राख्नु अपरिहार्य छ । प्रयोजनपरक नेपाली विषय पढेक विद्यार्थी भोलि जुनसुकै सेवामा आबद्ध भए पनि उनीहरूमा नेपाली भाषाप्रति श्रद्धाभाव हुनेछ । यसले मुलुकको पहिचा, संस्कृति, सभ्यता संवद्र्धन र संरक्षणमा थप टेवा दिनेछ ।

 



 

प्रयोगशालाको अर्को शृङ्खला
प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल

अहिले कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषयलाई खुम्च्याउने प्रयास भइरहेको छ । यसको विपक्षमा देशविदेशबाट विभिन्न खालका स्वरहरू आइरहेका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको पाठ्यक्रम प्रारूपको मस्यौदाप्रति हाम्रो मात्र होइन, नेपाली भाषालाई माया गर्ने संसारका कुनाकुनाबाट चासो र चिन्ता व्यक्त भइरहेका छन् ।

नेपाली विषयको पाठ्यभार कम गरी अन्य भाषाको भने पाठ्यभार बढाउने सरकारी प्रयासविरुद्ध अभियान चलेको छ । अभियानमा मुलुकभरका क्याम्पसहरूले ऐक्यबद्धता जनाएका छन्, सामाजिक सञ्जालका भित्ताहरूमा नेपाली विषय बचाउकै पक्षमा अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । यसले शिक्षा प्रशासनको उपल्लो तहमा रहेकाहरू निकै दबाबमा पर्न थालेको अवस्था छ।   

तेस्रो विश्वका धेरै मुलुक अविकसित छन् । त्यही अविकासको फाइदा लिएर नेपालजस्ता मुलुकमा कहिले भाषाका नाममा, कहिले संस्कृतिका नाममा, कहिले जातजातिका नाममा र कहिले धर्मका नाममा विगतदेखि नै विभिन्न खालका वितण्डा मच्चाएर अस्थिरता निम्त्याउने दुष्प्रयास हुँदै आएका छन् । अहिले हाम्रो देशको विद्यालय तहमा नेपाली भाषालाई कमजोर बनाउने सरकारी प्रयास पनि यस्तै वितण्डाको एउटा शृंखला हो । विद्यालयको पाठ्यक्रम निर्माणमा पनि बाहिरी शक्तिको चलखेल हुने गरेकै छ ।

यस्ता कार्यमा पदमा बसेर अरूलाई प्रभाव पार्ने हाम्रो देशका तथाकथित विज्ञहरू प्रयोगका पात्र बनिरहेका छन् । नेपालीमा उच्चशिक्षा हासिल गरेर पदमा पुगेका व्यक्तिहरू नै नेपाली विषयको विपक्षमा रहेका छन् । यो ज्यादै विडम्बनाको विषय हो । पदमा बसेर झिनामसिना कुराको लोभमा परेर मुलुकको राष्ट्रियता, संस्कृति र भाषामाथि खेलवाड गर्नु पक्कै पनि सुहाउने कुरा होइन।


विद्यालय तहको पाठ्यक्रम निर्माणका लागि पाठ्यक्रम विकास केन्द्रमा नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान आदि विषयका भिन्नाभिन्नै समिति छन् । अरू सबै समितिमा कहिल्यै विवाद आउँदैन । विवाद उत्पन्न भइहाले पनि समितिभित्रै गहन छलफल गरी निष्कर्षमा पुर्याउने गरिन्छ । तर नेपाली विषयमा भने सधैं विवाद आउने गरेको छ । यस्तो विवाद विगतमा समितिका पदाधिकारीबीच रहेर त्यहीँ समाधान हुने गथ्र्यो तर यसपटक सतहमै आएको छ।

पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषाप्रति माया भएका सबैको ध्यानाकर्षण हुने गरी पाठ्यक्रम प्रारूपको मस्यौदा सार्वजनिक गरेपछि अहिले मुलुक विद्यालय, क्याम्पस र विश्वविद्यालयमै यही विषयमा चर्चा हुने गरेको छ ।    
विद्यालय तहमा नेपाली भाषालाई खुम्च्याउन खोज्नु भनेको नेपालको समग्र शिक्षा क्षेत्रमा विदेशी हस्तक्षेपलाई निःसर्त स्वीकार गर्नु हो।

धेरै समयअघिदेखि नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रयोगशाला बनाइँदै आएको देखिन्छ । स्वास्थ्य क्षेत्रलाई प्रयोगशाला बनाउँदा एउटा व्यक्ति मर्छ तर शिक्षा क्षेत्रलाई प्रयोगशाला बनाउँदा मुलुकको राष्ट्रियता नै अप्ठ्यारो अवस्थामा पुग्न सक्छ । हाम्रो शिक्षा क्षेत्र कहिले पाठ्यक्रम निर्माणमा, कहिले नेपाली वर्णविन्यास परिवर्तनमा त कहिले विद्यालय शिक्षाको संरचना निर्धारणमा प्रयोगशाला बन्दै आएको छ । यसपटक कक्षा ११ र १२ मा नेपाली विषय खुम्च्याएर अर्को प्रयोग गर्न खोजिएको हो ।

यसमा अरूलाई के दोष दिनु ? प्रयोगशाला बनाउन सहयोग गर्ने हाम्रै शिक्षा प्रशासनका उच्च तहका व्यक्तित्व नै हुन् । यसको खास कारण के हो भने पाठ्यक्रम विकास केन्द्रको निर्णायक तहमा बसेका व्यक्तिहरूमा नेपालीको विपक्षमा लाग्ने, ससाना विषयको प्रलोभनमा पर्ने र नेपाली विषयकै विपक्षमा उभिन जस्तोसुकै गलत निर्णयमा पनि हस्ताक्षर गर्ने प्रवृत्ति रहेको छ । तसर्थ हाम्रो देशका मात्र होइन, तेस्रो विश्वका नेताहरू, बुद्धिजीवीहरू र प्राज्ञहरूको मानसिक परिवर्तन जरुरी छ।

अहिले कक्षा ११ र १२ नेपाली विषय अन्य विषयसरह समान रूपमा पढाइ हुनुपर्छ भनेर आन्दोलन भइरहेको छ । यसमा विद्यार्थी र प्राध्यापकहरूको बढी ऐक्यबद्धता रहेको छ । नेपाली भाषा बचाइदेऊ न सरकार भनेर बेलायत, भारत, अमेरिका, जापानजस्ता मुलुकमा नेपाली भाषिक समुदाय आन्दोलनमा उत्रिएको भए त्यसलाई स्वाभाविक मानिन्थ्यो । तर यहाँ देशको मूल कानुन संविधानमै सरकारी कामकाजीको भाषा नेपाली हुनेछ भनेर स्पष्ट लेखिएको हुँदाहुँदै पनि नेपाली विषय बचाइदेऊ भनेर विश्वविद्यालयका प्राध्यापकहरू आन्दोलित हुनुपरेको छ । हाम्रा लागि योभन्दा ठूलो दुर्भाग्य अरू के होला र?

जापानी बजारमा पाइने औषधिमा अंग्रेजी अक्षर देख्नै पाइँदैन । सबै कुरा जापानी भाषामै लेखिएको हुन्छ । चीन, कोरिया, जर्मनी, फ्रान्सजस्ता विश्वका शक्तिशाली देशमा उच्च शिक्षासम्म आफ्नै देशको भाषामा पठनपाठनको अनिवार्य व्यवस्था छ । हाम्रो देशमा १२३ भाषाका वक्ता छन् । मुलुकको परिर्तित सन्दर्भअनुसार अब नेपालीबाहेक अरू भाषाको  विकासमा पनि राज्यलाई दबाब दिनुपर्ने बेला हो यो । तर हामी विद्यालय तहमा नेपाली विषय पढाउनुपर्छ भनेर सरकारलाई दबाब दिइरहन बाध्य छौँ।

हिजो मानक नेपाली भाषाका पक्षमा आन्दोलन गर्दा हामी सफल भएका थियौँ । हाम्रो सफलताबाट रुष्ट केही व्यक्तिहरूले अहिले आएर विद्यालय तहमै नेपाली विषय पठनपाठन कमजोर बनाउने प्रयास गरिरहेका हुन् । विगतमा वर्णविन्यासमाथि हस्तक्षेप भयो । अहिले भाषामाथि हस्तक्षेप गरेर नेपाली भाषालाई सबैतिरबाट कमजोर बनाउने खेल भइरहेको छ । तर हामी यस्ता दुष्प्रयासलाई कुनै हालतमा  सफल हुन दिने छैनौँ । यसमा देशको कला, संस्कृति, साहित्य मात्र होइन, पहिचान र राष्ट्रियता प्रबल रूपमा जोडिएको छ।   (मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष लुइँटेलसँगकाे कुराकानीमा अाधारित्
 





यसमा तपाईको मत

अन्य समाचार

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु

‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु

कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले आयोजना गरेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु भएको छ...

Ncell Footer Ad