१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

मंगलबारे – आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन्। गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। 

माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले घरायसी वादविवाद हुँदा आफ्नै श्रीमती बिमला लिम्बूको हत्या गरेको बताइएको छ। 

गएराति खुकुरी प्रहार गरी घाइते बनाइएकी लिम्बूको इलाम अस्पतालमा मृत्यु भएको थियो। श्रीमतीको हत्या गरी फरार भएका अभियुक्त मदन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय इलामले शुक्रबार पक्राउ गरेको हो । घटना भएको स्थान नजिकै लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ।

प्रकाशित: ११ जेष्ठ २०७५ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App