१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्कुटरलार्इ ठक्कर दिएर फरार टिपर चालक पक्राउ

भक्तपुर– अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पलासेमा बुधबार ठक्कर दिई भागेका टिपर चालक पक्राउ परेका छन्।

फरार रहेका टिपर चालक धादिङ थाक्रे घर भई हाल काठमाडौंको थानकोट निवासी वर्ष ३० का सञ्जीव सुचिकारलाई बुधबार राति साढे ११ बजे नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। पक्राउ गरेका टिपर चालक सुचिकारलाई हाल महानगरीय प्रहरी बृत जगातीमा राखिएका पसिरका सूचना अधिकृत कृष्ण प्रसाईले बताए। 

बुधबार पलासेमा भएको दुर्घटनामा परी आमाछोरासहित एउटै स्कुटरमा रहेका तीनजनाको मृत्यु भएको थियो। काभ्रेबाट काठमाडौंतर्फ आउँंदै गरेको बा ५६ प १२२७ नम्वरको स्कुटरलाई सोही दिशाबाट आएको बा ३ ख ६६७४ नम्वरको टिपरले ठक्कर दिंदा स्कुटरको पछाडि बस्ने दोलखा घर भई हाल भक्तपुरको लोकन्थली वस्ने वर्ष ३६ की सविता घिमिरे र उनका छोरा नेपाल प्रहरी आवासीय उच्च मावि साँंगा काभ्रेमा अध्ययनरत वर्ष १३ को अरविन घिमिरेसहित स्कुटर चालक मध्यपुर थिमि नगरपालिका १ लोकन्थली वस्ने वर्ष ५० को हरिबहादुर कटुवालको निधन भएको थियो। 

 

प्रकाशित: १० जेष्ठ २०७५ १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App