१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ड्रोन उडाएर नगरको भौगोलिक नक्साङ्कन

धनगढीमाई(सिरहा)– नगरको भौगोलिक नक्साँकन व्यवस्थित बनाउन विकास धनगढीमाई नगरपालिकाले ‘ड्रोन क्यामेरा’ उडाएर नगरको नक्सा कैद गर्न सुरु गरेको छ। बुधबार नगरपालिकाको कार्यालयबाट नगर प्रमुख हरिनारायण चौधरीले ड्रोन उडाएर नगरको तस्विर र भिडियो खिच्ने कार्य सुरुवात गरेका हुन्।

नगरले एकीकृत विकास गुरुयोजना बनाएर विकासको काम अगाडि बढाएको यो नगरपालिकाले डिजिटल नक्साँकनका लागि ड्रोन क्यामेराले मदत गर्ने नगर प्रमुख हरिनारायण चौधरीले बताए। ‘नगरभित्रको आवश्यक बनाउन समेत नगरको एकिकृत तस्बिर र भिडियो सहयोगी भूमिका खेल्ने चौधरीले बतए। विकास योजना प्रभावकारी बनाउनका लागि तथ्यांक र तस्विर आवश्यक पर्छ’, चौधरीले भने। ड्रोन क्यामेरामा कैद गरिएको तस्विर र भिडियोमार्फत नगरको भौगोलिक अवस्थाकोे बिस्तृत जानकारी प्राप्त हुन्छ। जसको सहयोगले नगरको प्रभावकारी विकास गुरुयोजना तयार पार्न सहजता मिल्ने प्रमुख प्रशासकीय अधिकृत रमहरी शर्माले बताए।

सिँचाई, खानेपानी, ढल, सडक लगायतको अवस्था कहाँ कस्तो छ यी सबै जानकारी ड्रोन क्यामेरामार्फत कैद गरेपछि सोही अनुसार अवश्यक योजना बनाईने नगर प्रमुख चौधरीले बताए। जेठ १५ गतेभित्र ड्रोन क्यामेरामार्फत नगरको भौगोलिक नक्साँकन गरिसक्ने नगरपालिकाको योजना छ। नगरभित्रको समाजिक, आर्थिक तथ्याँक अवधिक गर्न  घरधुरी सर्वेक्षण कार्य अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। उनका अनुसार जिपिएस ट्रयाकिङ्गको माध्यमले स्मार्ट फोनको प्रयोग गरी गणकले गरको सम्पूर्ण घरधुरी सर्वेक्षण गरिरहेको छ। तथ्यांक संकलन भएपछि एकीकृत तथ्याँक नगरपालिकाको एप्समा राखिने उनले बताए।

दुई सय मिटर उचाईबाट ड्रोनले तस्विर र भिडियो खिच्न सक्ने आईटी विज्ञ प्रशन्न महर्जनले जानकारी दिए। 

प्रकाशित: ९ जेष्ठ २०७५ १५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App