१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

टेलिकमका ग्राहक करोडभन्दा बढी

काठमाडौं– नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता संख्या एक करोड नाघेको छ । कम्पनीले हालै सार्वजनिक गरेको २०७४ चैतको एमआइएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन्।

रिपोर्ट अनुसार जिएसएम डाटा प्रयोगकर्ता ९७ लाख ९५ हजार एक सय, सिडिएमए डाटा प्रयोगकर्ता एक लाख ३६ हजार पाँच सय, वाइम्याक्स प्रयोगकर्ता १७ हजार र एडिएसएल प्रयोगकर्ता एक लाख ९९ हजार सात सय छन् ।२०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार आठ सय ९४ रहेकोमा २०७४ चैत अन्त्यसम्ममा यो संख्या एक करोड एक लाख ५४ हजार पुगेको छ । यस अनुसार २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको डाटा ग्राहक आधार २०.५१ प्रतिशतले बढेको देखिन्छ।

रिपोर्ट अनुसार २०७४ चैतसम्म नेपाल टेलिकमको फोरजी डाटा प्रयोगकर्ता पाँच लाख ५९ हजार एक सय ७२ छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको २०७४ फागुनको एमआइएस रिपोर्टमा नेपाल टेलिकमको फोरजी डाटा प्रयोगकर्ता पाँच लाख ४७ हजार पाँच सय आठ रहेको उल्लेख छ । यस अनुसार समग्र फोरजी डाटा प्रयोगकर्तामध्ये ३८.५८ प्रतिशत नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता छन्।

२०७४ चैत अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार एक करोड ९३ लाख २२ हजार आठ सय ५५ रहेको पनि उसले उल्लेख गरेको छ । यसअनुसार जिएसएम मोबाइल सेवाका ग्राहक एक करोड ६९ लाख ४४ हजार पाँच सय ३९, सिडिएमए सेवाका ग्राहक १६ लाख ८८ हजार तीन सय ५१ तथा पिएसटिएन टेलिफोन सेवाका ग्राहक ६ लाख ८९ हजार तीन सय ७३ छन् ।कम्पनीले सेवाग्राहीको सुविधाका लागि हाल सस्तो दरका विभिन्न प्रकारका प्याकेज र अफर उपलब्ध गराइरहेको छ । यस्ता प्याकेज र अफरका कारण पनि कम्पनीका डाटा प्रयोगकर्ताको संख्या बढिरहेको छ ।
 

प्रकाशित: ९ जेष्ठ २०७५ ००:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App