फर्किए सन्दिप लामिछाने, भन्छन्– नेपाल चिनाउने प्रयास गरे

मङ्गलबार, ०८ जेठ २०७५, १८ : ०१ नागरिक

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने स्वदेश फर्किएका छन्। 

एक महिनाअघि इण्ढियन प्रिमियर लिग (आइपीएल) खेल्न नयाँ दिल्ली गएका सन्दिप मंगलबार दिउँसो स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्का र क्रिकेट प्रेमीले स्वागत गरेका थिए।

स्वागतपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सन्दिपले आइपीएल आफ्नो अविश्मरणीय यात्रा भएको र नेपाललाई चिनाउने प्रयास गरेको बताए। ‘क्रिकेटसम्बन्धी धेरै कुरा सिक्न पाएँ। त्यसलाई नेपाली क्रिकेटमा शेयर गर्नेछु’, उनले भने– ‘अाइपीएलमार्फत नेपाललाई चिनाउने मौकालाई सदुपयोग गर्ने प्रयास गरे।’ 

आइपीएलमा अर्को वर्ष अन्य नेपाली खेलाडीलाई पनि हेर्ने इच्छा रहेको उनले सुनाए।

सन्दिपले दिल्ली डेयरडेभिल्सबाट आइपीएलमा डेब्यु गरेका थिए। उनी आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्। यो सिजनमा ३ खेल खेल्ने अवसर पाएका उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad