१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुविधा बढाउन पूर्वसांसदको माग

काठमाडौं- पूर्वसांसदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सेवा, सुविधा र मर्यादा दिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। सबै राजनीतिक दलका पूर्वसांसदको संस्था 'पूर्वसांसद मञ्च' ले बुधबार बालुवाटारमा प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै पेन्सन, उपचार खर्च तथा यातायातमा सुविधा दिन माग गरेको हो।

ज्ञापनपत्रमा पूर्वसांसदलाई सरकारी अस्पतालमा उपचार व्यवस्था गर्नुपर्ने, हिँडडुलका लागि यातायात व्यवस्था गर्नुपर्ने, पूर्व सांसदको मर्यादाक्रम कायम गर्नुपर्ने, पेन्सने व्यवस्था गर्नुपर्नेलगायत माग उल्लेख छ। उनीहरूले पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई उपचार, घरभाडा र जीवन निर्वाहका नाममा जथाभावी खर्च नदिन पनि माग गरेका छन्।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले राज्यले सबै नागरिकलाई समान रूपमा हेर्नुपर्ने भन्दै माग राखिएको बताए। ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् बैठकबाट पूर्वसांसदको मर्यादाक्रम निर्धारण गर्न सकिने भएकाले त्यसमा आफूले छलफल गर्ने आश्वासन दिएको श्रेष्ठले जानकारी दिए। मञ्चका तर्फबाट श्रेष्ठ, कृष्णकिशोर घिमिरे, देवराज घिमिरे, विष्णुबहादुर राउत, कृष्ण महर्जन, उर्मिला अर्याल, रामेश्वर राय यादवलगायत सहभागी थिए।

प्रकाशित: १६ भाद्र २०७३ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App