१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय निकायको चुनाव मिति तत्काल ताेक्नुपर्छः कमल थापा

राजविराज(सप्तरी) राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताएका छन्।

राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्व सरकारले मङ्सिरमा स्थानीय निकायको चुनाव घोषणा गरेको तर वर्तमान सरकारले चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ भनेर अन्योलमा पारेको आरोप लगाए।

उनले आउँदो चैतमा समेत स्थानीय निकायको चुनाव नभए २०७४ को मङ्सिरमा तीन/तीनवटा चुनाव हुन गाह्राे हुने भन्दै राजनीतिक अन्योलतालाई अन्त्य गरी तत्काल स्थानीय निकाय चुनावको मिति तोक्न सरकारलाई आग्रह गरे।

नेता थापाले वर्तमान सरकारले भारत भ्रमण गर्नुभन्दा अगाडि संविधान संशोधन गरेर जाने आश्वासन दिनु नेपाली जनतालाई आँखामा छारो हाल्नु वाहेक केहि नभएको आरोप लगाए।

उनले संविधान संशोधनलगायत अन्य मुद्दा आन्तरिक मामिला भएकाले यसलाई सबै दल मिलेर टुग्याउनुपर्नेमा जोडदिदैं उनले भने, 'हिन्दू धर्म संरक्षण र सम्वर्द्धनका लागि नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए। रासस

प्रकाशित: १५ भाद्र २०७३ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App