१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

करबाकेली ट्रेकको शुभारम्भ

काठमाडौं–म्याग्दी भ्रमण वर्ष २०७५ को अबसर पारेर म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग करबाकेली इको ट्रेक शुभारम्भ गरिएको छ।

करबाकेली पर्यटन व्यवस्थापन समिति, काफलडाँडा म्याग्दीले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारी, ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्य र समितिका सल्लाहकार चामबहादुर पुनले पदमार्गको नक्शा, पोष्टर, बुकलेट र क्यालेन्डर विमोचन गरेसँगै पदमार्ग शुभारम्भ भएको घोषणा गरियो।

कास्कीको वीरेठाँटी, तिखेढुँगा, उल्लेरी, घोडेपानी, पुनहिल हुँदै करबाकेली थान भएर बेनी बजार जोड्ने पदमार्ग नै करबाकेली पदमार्ग हो । वैशाख पहिलो साता काठमाडौंको कन्सेप्ट नेपालको प्राविधिक सहयोग एवं स्थानीयको सक्रियतामा यो पदमार्ग एक्सप्लोर गरिएको हो।

शुभारम्भका अबसरमा बोर्डका निर्देशक भण्डारी, टान अध्यक्ष दाहाल, संघका महासचिव कुलबहादुर गुरुङ, कन्सेप्ट नेपालका अध्यक्ष शाक्य, समितिका सल्लाहकार पुन र पत्रकार अमृत भादगाउँलेले करबाकेली बैकल्पिक पदमार्गको रुपमा स्थापित हुने सक्ने टिप्पणी गरे ।

करबाकेली क्षेत्रमा पुन समुदायको बसोबास भएको र उनीहरुका कुल देवता करबाकेली बाबा भएकाले तिनै बाबाको नाउँमा पदमार्गको नामाकरण गरिएको समितिका अध्यक्ष यामबहादुर पुन बताउँछन् ।  

हिमाल, जैविक विविधता, गाउँले जीवनशैली र पुन समुदायको संस्कार र संस्कृति अध्ययन गर्न करबाकेली उपयुक्त देखिन्छ ।

पदमार्गको पुनहिलबाट झरेर करबाकेली थानमा बास बसेपछि बेनी झर्ने चार विकल्प दिइएको छ । पहिलो विकल्प बैसरी हुँदै बेनी, दोस्रो विकल्प रिमा, औल गाउँ, बैसरी हुँदै बेनी, तेस्रो विकल्प महभीर, मल्लाज हुँदै बेनी र चौंथो विकल्प करबाकेली थानबाट नागी, फलामेडाँडा हुँदै बेनी ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App