१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

यम्फावतीको टिजर सार्वजनिक

काठमाडौं- भलिवल खेलाडी सिपोरा गुरुङ अभिनित चलचित्र 'यम्फावती: द प्रिन्सेज'को पहिलो टिजर सार्वजनिक भएको छ।  

४७ सेकेन्डको टिजरमा सिपोरा एक्सन नायीकाको रुपमा देखिएकी छन्। राजकुमारी यम्फावतीको पौराणीक कथामा आधारीत चलचित्र थुम्रो इन्टरनेसनल कम्पनी बनाएको हो। फिल्मको निर्देशन कृष्णकुमार गुरुङले गरेका छन्। कांस्कीको हिमाली क्षेत्रमा सुटिङ गरिएको चलिचत्र ओक्टवरमा रिलिज हुने जनाइएको छ। गुरुङहरुको परम्परागत घाटु नाचमा रानी यम्फावती हुने गर्छिन्। सती जाने बेलामा यम्फावतीले कालो मुकुट छाडेर जाने गरेको बताइन्। यही भूमिकामा सिपोरा फिल्ममा देखिएकी छन्। चलचित्रमा पौराणी कथा बस्तु, भेषभुषा झल्कने गरि बनाइएको थुम्रो इन्टरनेसलकी सरस्वती गुरुङले बताइन्। यस अघि फिल्मको गीत सार्वजनिक भएको थियो।

 

प्रकाशित: १५ भाद्र २०७३ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App