१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ओपोद्वारा फाइभ जी भिडियो कल ‘डेमो’

काठमाडौं– ओपो ग्लोबल रिसर्च इन्स्टिच्यूटले थ्रिडी स्ट्रक्चर्ड लाइट प्रविधिबाट विश्वकै पहिलो फाइभ जी भिडियो कल डेमोको सफल परीक्षण गरेको जनाएको छ ।परीक्षणमार्फत रिमोट रिसिभरमा  ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रिडी क्यामेरा र क्वालकम टेक्नोलोजिद्वारा विकसित फाइभ जी एनआर टर्मिनल प्रोटोटाइपमार्फत थ्रिडी पोट्रेट छवि प्रकाशित गरिएको कम्पनीले जनाएको छ ।

थ्रिडी स्ट्रक्चर्ड लाइट प्रविधिमाफत फाइभ जी भिडियो कल परीक्षणका लागि स्ट्रक्चर्ड लाइट क्यामेरा सहितको कस्टमाइज्ड ओपो आर ११ एस प्रयोग गरिएको थियो । परीक्षणमार्फत आरजिबी र फोनको स्ट्रक्चर्ड लाइट क्यामेराको प्रयोगद्वारा लक्षित विषयको रङ र थ्रिडी डेप्थ इन्फर्मेसन संकलन गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ४ जेष्ठ २०७५ ००:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App