१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

केपी ओलीले भने– कम्युनिष्टका लागि दुईतिहाई समान्य जोडघटाउ

काठमाडौं– नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टका लागि दुईतिहाई समान्य जोडघटाउ मात्र भएको बताएका छन्।

विहीबार अपराह्न राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै नेता ओलीले कम्युनिष्टका लागि दुई तिहाई सामान्य जोडघटाउ भएको र अब दुईतिहाईको कुरा होइन कम्तीमा तिन चौथाई जोडघटाउ सुरु हुने टिप्पणी गरे। 

‘कतिपयलाई यो ठट्टा लाग्छ, कांग्रेसलाई ६ महिनाअघि ठट्टा लाग्थ्यो। दुई दिनअघि मात्रै मैले यही मञ्चबाट दुईदिन समय लाग्छ, एकता कतिखेर हुन्छ टुंगो छैन भन्या थें, कतिलाई ठट्टा लाग्यो, म एकताका लागि बढो उत्साहित थिए। बालुवाटारमा प्रचण्डजी आउँदा म भन्दा बढी उत्साहित उहाँलाई देखे’, ओलीले भने। 

पुष्पलाल जिवित भएको भए नाच्नुहुन्थ्यो 

अध्यक्ष ओलीले दुई पार्टीबीचको एकता ऐतिहासिक भएको बताउँदै भने– ‘एकता हुँदा पुष्पकमलको गला अवरुद्ध भयो। पुष्पलाल जिवित भएको भए नाच्नुहुन्थ्यो।’ 

प्रकाशित: ३ जेष्ठ २०७५ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App