१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिजी मोटोकर्पद्वारा प्रहरीलाई सिसी क्यामरा

काठमाडौं– सिजी मोटोकर्पले ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा (सिसी क्यामरा) हस्तान्तरण गरेको छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक, सिताराम हाछेथुलाई कम्पनीका कार्यकारी निर्देशक, करण चौधरीले उक्त क्यामरा हस्तान्तरण गरेका हुन्।

सिजीले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सिसी क्यामरा हस्तान्तरण गरेको हो । सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने कम्पनीले जानकारी दिएको छ । एक सय ८० डिग्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पुर्याउने कम्पनीले जनाएको छ ।
 

प्रकाशित: ३ जेष्ठ २०७५ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App