१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अपडेटः मकालु एयरको बिमान हुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

सुर्खेत – मकालु एयरको 9N AuJ कलसाइन बिमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुनखर्कमा दुर्घनाग्रस्त अवस्थामा फेला परेको छ। दुर्घटनाग्रस्त बिमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ।

 उद्दारका लागि खटिएको प्रहरी अझै दुर्घटनाग्रस्त स्थलमा पुग्न सकेको छैन। प्रहरी टोली केही समयमै  दुर्घटनाग्रस्त स्थलमा पुग्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

सुर्खेत विमान स्थलबाट बिहान ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको बिमान बिच बाटोमै दुर्घटनाग्रस्त हुन पुगेको हो।

पाइलट किरण भट्टराइ र कोपाइलट आदित्य नेपाली बिमानमा सवार थिए। घटनाको थप विवरण आउन बाँकी।

 

प्रकाशित: २ जेष्ठ २०७५ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App