१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कबड्डीमा नेपाल तेस्रो

काठमाडौं – मलेसियाको क्वालालम्पुरमा भएको प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हात परेको छ।

समूह चरणमा नेपालले थाइल्यान्डलाई ४९–२२ ले पराजित गर्याे। अर्को खेलमा छिमेकी भारतसँग ४३–२२ ले पराजित भएपछि नेपाल समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको थियो । सेमिफाइनलमा नेपालले पाकिस्तानलाई ४०–४४ को नतिजा सुम्पियो । अर्को सेमिफाइनलमा भारतले इन्डोनेसियालाई हराएको थियो । भारत पहिलो हुँदा पाकिस्तान दोस्रो भयो।

प्रतियोगितामा सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाइएको थियो । समूह ‘ए’ मा रहेको नेपालले भारत र थाइल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो । समूह ‘बी’ मा पाकिस्तान, इन्डोनेसिया र मलेसिया रहेका थिए।

मेनुकाकुमारी राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीमा हरिना थापा, सवित्रा बस्नेत, मानमती विष्ट, कल्पना थापा, केली गुरुङ, अन्जु कुलुङ राई, सन्जना तामाङ, भुवनेश्वरी जोशी, कमला थापा, नीतु गुरुङ र फुपा लोप्चन रहेका थिए।

प्रकाशित: २ जेष्ठ २०७५ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App