१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नयाँ प्रेम कहानी रच्दै शक्ति र कविता

मंगलबार फिल्मको टिजर सार्वजनिक कार्यक्रममा शिव र करिष्माका साथमा शक्ति र कविता । तस्बिर : नागरिक

काठमाडौं– नेपाली फिल्ममा पछिल्लो दशकमा कलाकार अभिभावकको बिँडो थाम्दै सन्तान पुस्ता फिल्ममा आउने क्रम बाक्लिँदै गएको छ । निर्देशक शोभित बस्नेतका छोरा सलोनबाहेक अन्य सबै नयाँ पुस्ताका कलाकारहरू वयस्क भएर फिल्ममा आएका छन् ।

सलोन भने बाल कलाकारका रुपमा पनि परिचित अनुहार हुन् ।अनमोल केसी, संयम पुरी, सारुक ताम्राकारले आफ्ना अभिभावकको पाइला पछ्याइरहँदा मंगलबार एउटै फिल्मबाट दुई कलाकारका सन्तानले ‘डेब्यू’ गरेका छन् । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मार्फत रजतपटमा प्रवेश गरेका हुन् । यो फिल्मका निर्माता शक्तिका पिता शिव हुन् ।

नेपालमा जन्मिए पनि अमेरिकामा पढाई पूरा गरेकी कविताले पहिलो फिल्म आफ्ना लागि एउटा अवसर भएको बताइन् । ‘यो फिल्मबाट डेब्यू गर्न पाउँदा म खुशी छु । आफ्नो अभिभावक चिनिनु भएको क्षेत्रमा काम गर्न पाउँदा खुशी लागेको छ,’ उनले भनिन् ।शिव पुत्र शक्तिले सानैदेखिको हिरो बन्ने रहर अहिले आएर पुरा गरेको बताए । ‘म सधै नै बाबालाई कहिले हिरो बनाउने भनेर सोध्ने गर्थें । बाबाले समय आउँछ छोरा भन्नुहुन्थ्यो,’अष्ट्रेलियामा पढेका शक्तिले भने,‘ बल्ल पालो आयो ।’

फिल्म ‘सन्तान’बाट फिल्ममा डेब्यू गर्दा अभिनेत्री करिश्मा १४ वर्षकी थिइन् । अहिले एक्लो सन्तान कविता यो फिल्ममा देखिँदा २१ वर्षकी भइन् । २६ वर्षको उमेरमा फिल्म ‘जीवनरेखा’मा शिव देखिँदा अहिले उनको छोरा शक्ति २६ वर्षमै ‘एउटा यस्तो प्रेम कहानी’मा डेब्यू गर्दैछन् ।

फिल्म ‘सन्तान’बाट फिल्ममा डेब्यू गर्दा अभिनेत्री करिश्मा १४ वर्षकी थिइन् । अहिले एक्लो सन्तान कविता यो फिल्ममा देखिँदा २१ वर्षकी भइन् । २६ वर्षको उमेरमा फिल्म ‘जीवनरेखा’मा शिव देखिँदा अहिले उनको छोरा शक्ति २६ वर्षमै ‘एउटा यस्तो प्रेम कहानी’मा डेब्यू गर्दैछन् ।अभिनेत्री करिश्माले छोरी कविताले फिल्ममा काम गर्न मञ्जुरी माग्दा आफू उत्साहित र अचम्मित भएको बताइन् । ‘उसको निर्णयले म अचम्मित भएँ । अब फिल्म बनेपछि दर्शक उत्साहित हुनुहुनेछ । किनकि फिल्ममा धेरै सरप्राइज छन् ’ उनले भनिन् ।

अभिनेता शिवले दर्शकका लागि आफ्नो छोरा र करिश्माको छोरी सरप्राइज भए पनि फिल्म आफै सरप्राइज प्याकेज भएको बताए । निर्देशक दिपेश सापकोटाले कलाकार अभिभावकका सन्तानलाई अभिनय गराएर निर्माण गरेको फिल्म उत्कृष्ट बन्नेमा आफू ढुक्क रहेको बताए ।कार्यक्रममा फिल्मको टिजर पनि सार्वजनिक गरिएको थियो । हाल धमाधम छायांकन भइरहेको फिल्ममा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, सञ्जोग कोइराला, वर्षा राउत, शिव श्रेष्ठलगायतका कलाकारको पनि अभिनय छ ।

 

प्रकाशित: २ जेष्ठ २०७५ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App