१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बसको ठक्करबाट वृद्वाको मृत्यु

रत्ननगर – चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको बसको ठक्करबाट स्थानीय पैदलयात्री ७० वर्षीया धनमाया गुरुङको मृत्यु भएको हो। 

मंगलबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

इच्छाकामना–७, सिमलढापमा उक्त बसले यात्रु झारेर अगाडि बढ्न लाग्दा पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो। ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ। उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ। 

प्रकाशित: २ जेष्ठ २०७५ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App