१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गरिमा विकास बैंकको गरिमा रेमिट सञ्चालन

काठमाडौं– गरिमा विकास बैंकले गरिमा रेमिट नाममा रेमिट्यान्स सेवा सुरु गरेको छ । बैंकले मंगलबार आयोजना गरेको एक कार्यक्रममा सञ्चालक आनन्दप्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेको बैंकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

गरिमा रेमिटले एजेन्टमार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्ने श्रेष्ठले बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले छोटो समयभित्र गरिमा रेमिटलाई स्थापित ब्रान्ड बनाउने गरी काम गर्ने बताएका छन् । बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमयसम्बन्धी काम र भिसा डेबिट कार्ड सञ्चालनमा ल्याउने उनले जानकारी दिए।

गरिमाले राजधानीमा पाँच शाखा तथा देशभरिमा ७५ शाखा र १२ एटिएममार्फत सेवा दिइरहेको छ ।यसको चुक्ता पुँजी दुई अर्ब ५३ करोड ४८ लाख ७९ हजार रुपैयाँ छ । बैंकले २०७५ वैशाख मसान्तसम्ममा १८ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त अवधिमा बैंकले ४४ करोड सञ्चालन नाफा कमाएको छ ।

प्रकाशित: २ जेष्ठ २०७५ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App