१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘तरकारीको सिण्डिकेट तोड्दै सरकार, किसानलाई पेन्सन दिइने’

काठमाडौं– सरकारले कृषि क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गर्ने तयारी थालेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै कृषकलाई फाइदा हुनेगरी कदम चालिने र तरकारीमा रहेको सिण्डिकेट अब तोडिने जानकारी दिए।

मन्त्री खनालले भने, ‘सिण्डिकेटबारे हामीले केही गर्नैपर्दैन्, कालिमाटी बजार अहिले जुन रुपमा रहेको छ, तीन पुस्तादेखि पुस्ता दर कब्जा गरिएको छ, त्यसलाई उत्पादन जसले गर्छ, त्यही किसानलाई दिने, कृषि मन्त्रालयले अनुदानमा केही गाडी उपलब्ध गराउने, किसानले सिधै पहिलो स्टेनशनबाट उठाएर उत्पादनहरु बजारमा ल्याउने गर्नुभयो भने, मलाई लाग्छ २० खरिद उपभोक्ताको ८० र बीचमा रहेको त्यो ४० के गर्ने भन्ने, सिण्डिकेट हटाउन त हटाउनैपर्छ, तर केही समय लाग्छ, सिण्डिकेट तोड्नैपर्छ।’

आफूले कषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरु ल्याउने पनि उनले खुलासा गरे। उनले भने, ‘किसान पेन्सन दिनुपर्छ, अनुदान दिनुपर्छ, गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ, अहिले २६ जिल्लामा वितरण हुँदैछ।’ उनले सिधै किसानको खातामा जानेगरि पेन्सन पठाउने व्यवस्था गरिने जनाए। 

प्रकाशित: १ जेष्ठ २०७५ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App