दाहाल-नेपाल भेट : एकतामा यो सुस्तता ठिक होइन

मङ्गलबार, ०१ जेठ २०७५, १४ : ३९ नागरिक

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियामा सुस्तता छाइरहेको बेला माधव नेपाल र पुष्पकमल दाहालबीच छलफल भएको छ।

मंगलबार बिहान दुई नेताबीच करिब एक घण्टा छलफल भएको छ। एमाले वरिष्ठ नेता नेपाल निकट स्रोतका अनुसार भेटमा नेपालले दाहाललाई एकता प्रक्रियालाई तिब्रता दिन आग्रह गरेका थिए। 'यो सुस्तता ठिक होइन', नेपाल निकट स्रोतले भन्यो, 'प्रचण्ड कमरेड अलि सक्रिय हुनुपर्यौ।'

'यो सुस्तता ठिक होइन', नेपाल निकट स्रोतले भन्यो, 'प्रचण्ड कमरेड अलि सक्रिय हुनुपर्यौ।'

एकताका विषयमा धेरै कुरा टुंगिए पनि प्रक्रियामा ढिलाई भएको नेपालले दाहाललाई भनेका थिए। उनले पार्टी एकता संयोजन समितिको बैठक तत्काल बसेर मिलेका कुरालाई आधिकारिकरुपमा टुंगो लगाउन जोड दिएका छन्। भेटमा नेपालले एकताका विषयमा भएका केही कार्यशैली गत कुरामा गुनासो गरेका थिए।  

यता दाहाल निकट स्रोतले भने दुई नेताबीच नितान्त चिया गफ भएको बतायो। 'दुई नेताले पार्टी एकताको बारेमा कुरा गर्नु भयो', स्रोतले भन्यो, 'उहाँहरुबीच नितान्त अनौपचारिक छलफल भएको छ। त्यस्तो गम्भिर छलफल होइन।' तर भेटमा दाहालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला कार्यशैलीले एकताबारे कार्यकर्तामा अन्यौलता छाएको भन्दै नेपालसँग गुनासो गरेका थिए।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एकता गरेका दुई दलले निर्वाचनपछि पार्टी एकता गर्ने भने पनि विलम्ब हुँदै गएको छ। वैशाखमा लेनीन जयन्तिका दिन एकताको लागि कार्यदलले सिफारिस गरे पनि त्यो टरिसकेको छ। दुवै पार्टीका नेताले पार्टी एकताबारे विभिन्न अभिव्यक्ति दिइरहेका बेला बरिष्ठ नेता नेपाल र अध्यक्ष दाहालबीच भेट भएको हो।

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

Ncell Footer Ad