१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बस दुर्घटनामा ५० घाइते, ७ जना गम्भीर घाइते

गौशाला – महोत्तरीको भिठ्ठामोड–जनकपुर सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा आज मध्यान्न १२.३० बजेतिर जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चोक नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए। घाइतेमध्ये जलेश्वर–९ का असरफ राइनको बसमा च्यापिएर खुट्टा भाँचिएको छ।

त्यस्तै अन्य ७ जना पनि गम्भीर घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको जिल्ला अस्पताल जलेश्वर र अन्यको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको तथा केही उपचारपछि आआफ्ना घर फर्केको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका यात्रुका अनुसार सो बसमा एक सयभन्दा बढी यात्रु कोचिएर बसेको र बस तीव्र गतिमा गइरहेका कारण बस चालकले बस नियन्त्रणमा लिन नसकेर बाटाको छेउमै रहेको खाल्डामा बस दुर्घटना भएको थियो।

बस दुर्घटना भएलगत्तै चालक, सहचालक र अन्य बसका कर्मचारी फरार छन् भने घटनास्थलमा नेपाली सेना, स्थानीयवासी र नेपाल प्रहरी पुगेर दुर्घटनामा परेकाको उद्धार गरेका छन्।  (रासस)

प्रकाशित: १ जेष्ठ २०७५ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App