२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसको आपत्ति

काठमाडौं – नेपाली कांग्रेसले भारतीय सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार भएको जनाएको छ। कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला आजादले ट्विटमार्फत उनले दिएको अभिव्यक्ति दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको ठहर गरेको हो।

आजादले नेपालको सम्बन्धमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेकोै कांग्रेसले त्यसप्रति गम्भीर ध्यानाकृष्ट भएका उल्लेख छ। ‘दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सांसद आजादको यो आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ।’

त्यस्तै, कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा भारतीय सांसदबाट आएको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति नेपाल र नेपाली नागरिकहरुका लागि सह्य हुन नसक्ने विषय भएके जनाएका छन्। ‘यस सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ,’ निधिले टुवीटमा भनेका छन्, ‘नरेन्द्र मोदी र केपी ओली दुवै सरकारले तुरन्त आवश्यक कार्यबाही गरेर सार्वजनिक गरोस्।’ आजादले जनकपुरलाई भारतमा मिलाउन मोदस्सँग माग गर्दै ट्विट गरेका थिए।

प्रकाशित: १ जेष्ठ २०७५ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App