१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा एकै दिन ६ शाखा

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकै दिन ६ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमिगरिमा शाखा सञ्चालनमा ल्याएको जनाएको हो।

नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले ती शाखाको एकैपटक उद्घाटन गरे । सबै नेपालीको बैंक खाता भन्ने सरकारको नीतिलाई मूर्तरुप प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यका साथ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०७५ ००:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App