१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आइपीएल : पञ्जाबमाथि बेंग्लोरको १० विकेटको सानदार जित

इन्दौर– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले किंग्स इलेभन पञ्जाबमाथि १० विकेटको जित हात पारेको छ। 

मध्य प्रदेशको इन्दौरस्थित होल्कर स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको पञ्जाबलाई निर्धारित २० ओभरमध्ये १५.१ ओभरमा सबै विकेट लिँदै ८८ रनमा रोकेको बेंग्लोरले ८.१ ओभरमै विना विकेटको क्षतिमा ९२ रन बनाउँदै ८९ रनको लक्ष्य पूरा गर्यो। बेंग्लोरको जितमा कप्तान विराट कोहलीले ४६ तथा पार्थिब पटेलले ४० रन बनाए। २८ बलमा कोहलीले ६ चौका र २ छक्का प्रहार गर्दा पटेलले २२ बलमा ७ चौका प्रहार गरे।

यसअघि होल्कर स्टेडियममा १५.१ ओभरमा सबै विकेट गुमाएको पञ्जाबले ८८ रन मात्र बनाउन सक्यो। ११ औं सिजनको आइपीएलमा यो सबैभन्दा कम स्कोर हो।

पञ्जाबका लागि एरोन फिन्चले २६ रन बनाए। २३ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे। केएल राहुलले १५ बलमा ३ छक्कासहित २१ रन र क्रिश गेलले ४ चौकाको मद्दतमा १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
बलिङतर्फ उमेश यादवले ३ विकेट लिए।

प्रकाशित: ३१ वैशाख २०७५ १६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App