१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार अधिनायकवाद उन्मुख भएकाे नेता महतको आरोप

पत्रकार सम्मेलनमा बाेल्दै सहमहामन्त्री महत । तस्बिर : नगेन्द्र उपाध्याय

सुर्खेत – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवाद उन्मुख रहेको आरोप लगाएका छन्। राज्यका विभिन्न निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा केन्द्रित गरेर अधिनायकवादको अभ्यास सुरु गरेको उनले बताए।

गृह र अर्थ मन्त्रालय मातहतका निकायहरु कार्यकारी प्रमुखको छायामा ल्याएर राजनीतिक थिंकट्याङ्कमार्फत प्रधानमन्त्रीले सञ्चालन गर्न खोजिरहेको छन्’ सोमबार वीरेन्द्रनगरमा नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यो सबै अधिनायकवादको अभ्यास हो।’ उनले सम्बन्धित मन्त्रालयमार्फत प्रभावकारी अनुगमन र काम गर्न दिनुपर्ने राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभागलगायतका महत्वपूर्ण निकायलाई प्रधानमन्त्रीले राजनीतिक थिङ्कट्यांकमार्फत सञ्चालन गर्न खोजेको आरोप पनि लगाए।

‘लोकतन्त्रका लागि यो कार्य शुभ होइन्’ उनले भने, ‘यसका विरुद्ध कांग्रेसले सशक्त आजाव उठाउँछ।’ उनले ओलीको गराइ र भनाईमा फरक रहेको भन्दै जनताको अगाडि नाङ्गिन सुरु भइसकेको बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबाट सरकारले कुनै फाइदा लिन नसकेको बताए।

 

प्रकाशित: ३१ वैशाख २०७५ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App