१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय कराते सुरु

काठमाडौं – नेपाले वादोरियो कराते डो संघको आयोजनामा आइतबारबाट तेस्र्रो अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको छ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान र मलेसिया गरी ५ राष्ट्रका ३ सय ५० खेलाडीले विभिन्न ३७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका अध्यक्षसमेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जनाए।

प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भएको थियो।

जसअन्तर्गत पुरुष ३० केजीमा मिङमार लामा र पुजन मल्ल ठकुरी, ३५ केजीमा कुइसाङ लामा र सविन तामाङ, ५० केजीमा विकबहादुर थामी र राजकुमार तामाङ, ५५ केजीमा सन्देश मगर र एलोन श्रेष्ठ, ६० केजीमा निराजन उप्रेती र सागर चौलागाईं तथा खुलाफर्त राजु बुढाथोकी र निरज गौतमले सेमिफाइनलमा स्थान सुरक्षित गरे। प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

प्रकाशित: ३१ वैशाख २०७५ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App