१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अझै केही दिन मौसम सफा नहुने

काठमाडौँ –   काठमाडौँ उपत्यका लगायतका पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा अझै केही दिन मौसम सफा नहुने माैसमविद्हरूले जनाएका छन् ।

मौसमविद्  मीनकुमार अर्यालका अुनसार पश्चिम वायुको प्रभाव, उच्च वायुमण्डलमा पश्चिमदेखि मध्यसम्म भएको न्यून चापीय रेखाको प्रभावले गर्दा मौसम कुनै पनि बेला परिवर्तन हुन सक्छ। ‘पश्चिमको वायुको प्रभाव उच्च वायुमण्डलमा देखिएको छ, पश्चिमदेखि मध्यसम्म न्यून चापीय रेखाको प्रभाव बढेको छ, साथै पूर्वको रेखा सानो र न्यून चापिएको छ, त्यसले गर्दा मध्यान्हपछि खण्डक खण्डको हिसाबले वर्षा हुनसक्छ,’ उनले भने।

साथै वायुमण्डलमा तल्लो सहतदेखि माथिल्लो सहतसम्म बलियो बादल नभएकाले पानी पर्ने बित्तिकै आकाश खुल्ने पनि उनले बताए । प्रिमनसुन भएकाले मौसममा कतिबेला के हुन्छ भन्न नसकिने उनको भनाई छ। 

उनका अनुसार अबको तीन चारदिनपछि मात्र मौसम पूर्ण रुपमा सफा हुनेछ। 

 

प्रकाशित: ३० वैशाख २०७५ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App