१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आइएमई इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच सम्झौता

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रालिबीच आफ्ना ग्राहकलाई नगदरहित हस्पिटलाइजेसन सेवा प्रदान गर्ने सम्झौता भएको छ।

स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यसहित सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतापछि आइएमई इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकलाई बिमालेखको सीमासम्म ब्लु क्रस अस्पतालबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुने कम्पनीले जनाएको छ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पतालका सदस्य सचिव तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० वैशाख २०७५ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App