१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कटवाल ट्रस्टद्वारा स्वास्थ्य शिविर

काठमाडौ – रुक्मागत कटवाल ट्रस्ट र नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरको सहकार्यमा शनिबार निःशुल्क क्यान्सर जाँच शिविर आयोजना गरिएको छ। भद्रकालीस्थित आर्मी अफिसर क्लबमा आयोजना गरिएको शिविरमा एक सय १३ जनाले स्वास्थ्य परीक्षण गराएको ट्रस्टका सचिव जगतबहादुर कटवालले जानकारी दिए। ट्रस्टले सैनिक सेवामा रहँदा ज्यान गुमाएका सैनिक परिवारलाई लक्षित गर्दै शिविरको आयोजना गरेको हो। एकल सैनिक महिलाहरुलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले जानकारी दिए।

पिछडिएका समुदायका जेहेन्दार बालबालिकालाई शिक्षामा सघाउँदै आएको ट्रष्टले पहिलो पटक क्यान्सर जाँचसम्बन्धी शिविरको आयोजना गरेको हो। यो कार्यक्रमलाई उपत्यका बाहिर पनि लैजाने तयारी भएको ट्रस्टका सचिव कटवालले जानकारी दिए। ट्रष्टमा पूर्वप्रधानसेनापति कटवाल अध्यक्ष छन्।

क्यान्सर रोग समयमै पत्ता लागेमा नेपालमै उपचार सम्भव भए पनि जनचेतना अभावमा अन्तिममा मात्र अस्पताल पुग्ने प्रचलन कम गर्न यस्तो शिविरको आयोजना गरिएको क्यान्सर रोग विशेषज्ञ डा. मुरारीमा श्रेष्ठले जानकारी दिए। नेपालमा हाल ४० देखि ४५ हजार क्यान्सरका रोगी रहेको अनुमान रहेको जानकारी श्रेष्ठले दिए।

प्रकाशित: ३० वैशाख २०७५ ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App