१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बल्ल पाए विस्थापितहरूले घर बनाउने जग्गा

स्थानान्तरणका लागि उपलब्ध जग्गा आफ्नो नाममा ल्याउन सहिछाप गर्दै विस्थापित। तस्बिरः नागरिक

नुवाकोट – साविकको घ्याङ्फेदी गाविस वडा नम्बर–६ का सीताराम तामाङको परिवार अबचाहिँ घर बनाउन पाइयो भनेर मख्ख परेको छ। २०७२ वैशाखको विनासकारी भूकम्पबाट विस्थापित तामाङ परिवारले यसअघि नै घर बनाउने योजना नबनाएका होइनन् तर भूगर्भविद्को अनुगमनले स्थानान्तरण गर्नुपर्ने परिवारको सूचीमा राखेपछि घर बनाएर ओत लाग्ने सपना अधुरै रह्यो। तीनवटा बर्खा र हिउँद टहरोमै बिताउन बाध्य भए। तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानान्तरणका लागि जग्गा उपलब्ध गराएकाले अब भने नयाँ घर बनाउन पाइने भो भन्ने खुसीले तामाङ परिवार मख्ख परेको हो।

‘जस्ताको टहराबाट तपतप चुहिने शीतलाई बिर्सन नपाउादै बर्खा सुरु हुन लागी सक्यो । गाउँ हेर्न आउनेहरूले घर बनाउन उपयुक्त छैन भने,’ खुसी हुँदै सीतारामले भने, ‘बल्ल सरकारले हाम्रो समस्या सुनेर जग्गा उपलब्ध गराएको छ । अब भने घर बनाउन पाइने भइयो ’

भूकम्प र पहिराले विस्थापित घ्याङ्फेदीका ४६ परिवारलाई साविकको शिखरबेसी गाविस वडा नम्बर–१, भोटेरुम्टामा सार्नका लागि प्रक्रिया अघि बढाइएको छ। प्राधिकरणले प्रतिपरिवार दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराएर घर बनाउने बाटो खालिदिएको छ। भोटेरुम्टाका आइतमान तामाङ, दमाईसिंह तामाङ र यदुकुमार अधिकारीको जग्गा खरिद गरी आफ्नो स्वामित्वमा ल्याएसँगै विस्थापितहरूमा खुसी छाएको हो। पुस्तौंदेखि बस्दै आएको थातथलो छाड्नुपर्दाको पीडा भए पनि सुरक्षित ठाउँमा घर बनाउन पाउने भएपछि साविक घ्याङफेदी–६ का दावा लामा खुसी छन्। ‘७२ सालको भूकम्पले घर भत्कायो। घर बनाउँ भन्दा बनाउन मिल्दैन जमिन कमजोर छ भने । अहिले भोटेरुम्टामा घर बनाउने जग्गा त पाइयो,’ लामाले भने, ‘तर बर्खा सुरु हुँदैछ । निर्माण सामाग्री जोड्नै प-यो। खै, यो बर्खा पनि टहरोमै बित्छ होला!’

साविकको घ्याङ्फेदी गाविस वडा नम्बर ३, ६ र ९ का विस्थापित ७४ परिवारमध्ये ४६ परिवारका लागि मात्र घडेरी पुग्ने जग्गा उपलब्ध भएको हो। ४६ परिवारलाई आवास निर्माणका लागि भोटेरुम्टामा १९ रोपनी जग्गा ९२ लाख रुपैयाँमा खरिद गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए।

दुप्चेश्वर गाउँपालिका भित्र पर्ने बस्ती स्थानान्तरण गर्न जग्गा छनोट समिति गठन भएको छ। उपयुक्त जग्गा खोजी गर्न समय लागेकाले विस्थापितलाई समयमै स्थानान्तरण गर्न ढिलाइ भएको छनोट समितिका सदस्य कर्मजित तामाङ बताउँछन्। ‘ढिलै भए पनि विस्थापितले घर बनाउन जग्गा त पाए तर आर्थिक उपार्जन कसरी गर्छन् भन्ने समस्या देखिएको छ,’ उनले भने, ‘तर समस्यासँगै समाधान पनि हुँदै जाला, त्यसका लागि सहयोगी हातहरूको खाँचो छ।’

साविकको घ्याङ्फेदी गाविस वडा नम्बर ३, ६ र ९ का विस्थापित ७४ परिवारमध्ये ४६ परिवारका लागि मात्र घडेरी पुग्ने जग्गा उपलब्ध भएको हो। ४६ परिवारलाई आवास निर्माणका लागि भोटेरुम्टामा १९ रोपनी जग्गा ९२ लाख रुपैयाँमा खरिद गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए। ‘भूकम्प र पहिराले विस्थापितहरूलाई सरकारले स्थानान्तरणका लागि प्रतिपरिवार दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। त्यही नीतिअनुसार घ्याङ्फेदीका ४६ परिवारलाई स्थानान्तरणका लागि जग्गा खरिद गरिएको हो,’ उनले भने, ’घ्याङ्फेदीका २८ परिवारका लागि अझै जग्गा भेटिएको छैन। जग्गा उपलब्ध हुनेबित्तिकै हामी पीडितका नाममा जग्गा ल्याउने प्रक्रिया अघि बढाउने छौं।’ जग्गा प्राप्त गरेका ४६ परिवार अब एकिकृत बस्ती बनाउन जुट्ने भएका छन्।

संयुक्त लालपुर्जा
यसैबीच सुरक्षित ठाउँमा घर बनाउन जग्गा पाएका ४६ विस्थापितमध्ये ३४ परिवारले पति–पत्नी दुवैको नाममा हुने गरी लालपुर्जा बनाएको भूमिअधिकार मञ्च नुवाकोटले जानकारी दिएको छ। नुवाकोटमा स्थानान्तरण गर्नुपर्ने परिवार ३ सय २४ रहेको सरकारी तथ्यांक भए पनि उर्लेनीको ५२ परिवार र लच्याङका १४ परिवारका लागि मात्र घर बनाउने जग्गा उपलब्ध गराइएको बताइएको छ।

प्रकाशित: ३० वैशाख २०७५ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App