पशुपतिनाथ नेपाल र भारतका मानिसको साझा धार्मिक विरासत: मोदी

शनिबार, २९ बैशाख २०७५, १५ : ०० नागरिक

काठमाडौं – ‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका मानिसको साझा धार्मिक विरासतको प्रतीक हो।’

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषमा राखिएको विशेष आगन्तुक पुस्तिकामा ती शब्द कोर्दै नेपाल र भारतका जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरे।  

आगन्तुक पुस्तिकामा उनले भारतको सहयोगमा पशुपति क्षेत्रमा निर्माण भइरहेको नेपाल–भारतमैत्री धर्मशालाले श्रद्धालुलाई नयाँ सुविधा पुर्याउने विश्वास व्यक्त गरे।

आफ्नो यात्राका लागि कोष र सरकारले गरेको व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री मोदीले धन्यवाद दिएका छन्। भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो पटक पशुपतिनाथ मन्दिरमा प्रार्थना गर्न पाउँदा आफू प्रशन्न रहेको उनले आगन्तुक पुस्तिकामा लेखेका छन्।

भारतीय प्रधानमन्त्री मोदी यसअघि २०७१ साल साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजा एवं दर्शनका लागि आएका थिए।  (रासस)







यसमा तपाईको मत


अन्य समाचार

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...