१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दमक गोल्डकपको उपाधि पुलिसलाई

दमक – झापाको दमकमा सञ्चालित दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। 

शुक्रबार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो। 

उपाधिसँगै पुलिसले रु १३ लाख ११ हजार प्राप्त गर्‍यो । उपविजेता मनाङले रु छ लाख ११ हजारमा चित्त बुझाउनुपर्‍यो। फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले ८८ औँ मिनेटमा हेडमार्फत गोल गरे। 

प्रतियोगितामा उत्कृष्ट डिफेण्डरमा पुलिसका सन्तोष हेमरम, उत्कृष्ट मिडफिण्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फर्वाड पुलिसका रेजिन सुब्बा, सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्तरुपमा तीन/तीन गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी म्याक्स अलावाले र एपिएफका हरि कार्की घोषित भए। उनीहरुले जनही रु २५ हजार र ट्रफी प्राप्त गरेका थिए । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित हुँदै मोटरसाइकल प्राप्त गरे। 

यही वैशाख १९ गतेदेखि शुरु भएको सो प्रतियोगिता दमक नगरपालिकाले आयोजना गरेको हो। गोल्डकपमा आयोजकसहित १० टिमको सहभागिता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिए। उपाधि विजेता टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित: २८ वैशाख २०७५ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App