स्थानीयवासीले बनाए अस्पताल

शुक्रबार, २८ बैशाख २०७५, १५ : १४ नागरिक

रुकुम – गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका रुकुम पूर्वका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका छन्। 

जिल्लाको भुमे गाउँपालिका–३ को बिकट बस्ती झुम्लाबाङका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका हुन्। 

गाउँमा महिला सुत्केरी हुन नसकेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिकट भएका कारण बाटोमै मृत्यु हुन थालेपछि स्थानीयवासी आफैँले अस्पताल स्थापना गरेको झुम्लाबाङ– भेलेज फाउण्डेशनका अध्यक्ष रामबहादुर बुढाले बताए। 

भुमे गाउँपालिकाको केन्द्रबाट चार घण्टाको पैदल दूरी लाग्ने झुम्लाबाङका १६५ घरधुरीले श्रमदान गरेर भवन निर्माण गरेका हुन्। औषधि र स्वास्थ्यकर्मीको पारिश्रमिकका लागि यहाँबाट वैदेशिक रोजगारीमा गएकाहरुले आर्थिक सहयोग स्वरुप रकम पठाइरहेको अध्यक्ष बुढाले बताए। 

राज्यको कुनै पनि सहयोग नरहेको यो अस्पतालमा अहिले दैनिक रुपमा पाँच सातजना बिरामीले सेवा लिने गरेको बताइएको छ। 

यहाँ दैनिक सामान्य उपचार गरिन्छ। तीन–तीन महिनाको फरकमा विदेशी विशेषज्ञ डाक्टरसहितको टोलीले यहाँ निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख शिवकुमार बुढाले जानकारी दिए। गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्नका लागि यहाँबाट वैदेशिक रोजगारीमा गएका ८० जनाले सहयोग गरेको बताएको छ। 

स्वास्थ्य केन्द्र निर्माण, औषधि तथा स्वास्थ्यकर्मीको पारिश्रमिकमा अहिलेसम्म रु पाँच करोडभन्दा बढी खर्च भएको प्रमुख बुढाले बताए। 

गाउँमा कसैलाई सानो समस्या हुनेबित्तिकै उपचार सेवा लिने गरेको उनको भनाइ छ। यहाँका स्थानीयवासीले २०६९ सालमा झुम्लाबाङ भेलेज फाउण्डेशन नामक संस्थासमेत स्थापना गरेका छन्। 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad