१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘माथिल्लो कर्णाली–अरूण तेस्रोमा केही कम्पनीलाई मात्र फाइदा’

काठमाडौं– नेपालमा जलस्रोतको विद्धतापूर्ण विकासका लागि नागरिक सञ्जालले माथिल्लो कर्णाली र अरूण तेस्रो परियोजनाको वर्तमान स्वरूपले नेपाल र भारत दुवै देशका जनताको हित नहुने बताएको छ । यसले त नाफाखोर केही कम्पनीलाई मात्र अनुचित फाइदा पुर्याउने सञ्जालद्वरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘ती दुई परियोजनासम्बन्धी परियोजना विकास सम्झौता (पिडिए) लाई निकै समयसम्म यी व्यापारिक सम्झौता हुन् भन्ने निहुँमा लगानी बोर्डले संसद, सर्वोच्च अदालत र जनताबाट गोप्य राखेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर पछि यस क्षेत्रमा कार्यरत नागरिक अगुवाको जोडबल र सूचना आयोगको हस्तक्षेपपछि सार्वजनिक भएको थियो ।’ त्यसले दुवै देशलाई फाइदा नपुग्ने, नाफा कमाउने उद्देश्यले स्थापना भएका कम्पनीलाई मात्र फाइदा पुग्ने दाबी पनि सञ्जालले गरेको छ।

प्रकाशित: २८ वैशाख २०७५ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App