१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारलाई दम्भ पलाएको छ, यस्तो पाराले हुँदैन् : कांग्रेस नेता खड्का

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता दीपक खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा उठाउने एजेण्डाबारे सरकारले आफूहरुसँग परामर्श नगरेको गुनासो गरेका छन्।

विहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै खड्काले वाम गठबन्धन नेतृत्वको सरकारले मोदीको भ्रमणका विषयमा पर्याप्त छलफल नगरेको बताए। ‘राष्ट्रिय विषयमा छलफल गर्नुपर्छ, अहिले यो सरकारलाई मात लागेको छ, दम्भ पलाएको छ, यस्तो पाराले हुँदैन, सत्ता त चल्ला, तर देश विकास हुँदैन नि, समृद्धि भनेरमात्रै हुने कुरा होइन’, उनले सचेत गराए।

भारत प्रधानमन्त्री मोदी राष्ट्रको पाहुनाको रुपमा आउन लागेको भन्दै नेता खड्काले थपे– ‘मोदीको भ्रमणका क्रममा उठाउने एजेण्डाको विषयमा प्रतिपक्षसँग छलफल गर्नुपथ्र्यो। तर सरकारले छलफल नै गरेन, यो राम्रो होइन।’

मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने अरुण तेस्रोबारे खड्काले भने, ‘यो ९०० मेगावाट क्षमताको परियोजना डेढ खर्बको लगानीमा बन्दैछ, यसबाट नेपाललाई २०० मेगावाट निःशुल्क प्राप्त हुन्छ, त्यस्तै भारतले यो २५ वर्षमात्रै चलाउने हो, बाँकी ७५ वर्ष हामीलाई हुन्छ, यो फाइदाको कुरा हो।’ 

यो परियोजना निर्माण हुनु भनेको नेपालमा लगानी गर्न सकिन्छ भनेर विश्वस्तरीय वातावरण बनाउनपनि महत्वपूर्ण हुने भन्दै उनले थपे, ‘यो परियोजना सम्पन्न भए संखुवासभावासी खुशी हुन्छन्, २०० सय मेगावाट नेपालले निःशुल्क पाउनेबाट संखुवासभावासीलाई २५ प्रतिशत नाफा प्रत्येक महिना पाउनुपर्छ।’

उनले भोलि नै मोदी र ओलीले संयुक्त रुपमा उक्त परियोजनाको ‘स्विच–अन’ गर्ने कार्यक्रम रहेकोले आफूपनि संखुवासभा अवस्थित् ड्याम्पस्थल पुग्ने जनाए। 

प्रकाशित: २७ वैशाख २०७५ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App