१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोदी अभिनन्दनको विरोध गर्नुको कुनै तुक छैन् : एमाले नेता

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौं दुई ठाउँमा गरिने नागरिक अभिनन्दनको कसैले विरोध गर्नुको तुक नभएको बताएका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र डा भट्टराईले विहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मोदीको अभिनन्दन सम्बन्ध थप प्रगाढ बनाउन  लागि लागि भएको स्पष्ट पारे।
नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य समेत रहेका भट्टराईले भ्रमणको सबै किसिमका तयारीहरु पूरा भैसकेको जानकारी दिँदै मोदीको स्वागत र सम्मानको लागि जनकपुरमा नागरिक अभिन्दन राख्नु नौलो कुरा नभएको तर्क गरे। ‘जनकपुर उपमहानगरपालिका र प्रदेश सरकारले सम्मान राख्ने भनेपछि यसको किन विरोध गर्नु? केन्द्र सरकारले अभिनन्दन गर्ने त परम्परा नै छ, यो चलन हो’, उनले स्पष्ट पारे। 

अभिनन्दन गर्नु नेपालको परम्परा नै भएको र १९५१ सालमा भारतका प्रधानमन्त्री जवारलाल नेहरु आउँदा टुँडिखेलमा नागरिक अभिनन्दन गरिएको स्मरण गर्दै डा. भट्टराईले भने, ‘विदेशी विशिष्ठ पाहुना आउँदा नागरिक अभिनन्दन गर्नु परम्परा नै हो। हाम्रा प्रधानमन्त्री भारत जाँदा पनि त्यहाँ ठाँउ–ठाँउमा नागरिक अभिनन्दन हुन्छ।’ 

उनले मोदीलाई नगरको साँचो बुझाउन लागेको भन्दै विरोध हुनुसमेत जायज नभएको बताए। ‘नगरको साँचो बुझाउँदै छ भनेर विरोध भइरहेको छ। यो पनि हाम्रो परम्परा हो,’ उनले भने, ‘हामी सानै हुँदादेखि नै सुन्दै आएका हौँ साँचो बुझाउने कुरा।’

नेता भट्टराईले भ्रमण कार्यतालिका अन्तर्गत प्रधानमन्त्री ओली र मोदी दुवैले अरुण तेस्रोको संयुक्त रुपमा काठमाडौंबाट स्विच थिचेर उद्धघाट्न गर्ने र यो परियोजना सर्वदलीय सहमतिबाट नै त्यतिवेला अघि बढाउने निर्णय भएको सुनाए। 

प्रकाशित: २७ वैशाख २०७५ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App