१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्याङ्जामा अज्ञात समूहद्वारा बम विस्फोट

वालिङ – स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफर्ममा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ। 

दैनिक डेढ लाखभन्दा बढी अण्डा उत्पादन गर्दै आएको खिलुङ कालिका एग्रोफर्ममा मध्यरातको समयमा विस्फोट भएको तर कस्ले किन विस्फोट गराएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। 

विस्फोटबाट फर्ममा रहेको जेनेरेटर तथा जेनेरेटर राख्नका लागि बनाइएको टहरामा क्षति भएको छ। एग्रोफर्ममा रहेका १०÷१२ जना कामदारले विस्फोट भएपछि मात्रै थाहा भएको बताएका छन्। नजिकै मकैबारीतिर बाट आएर फर्मलाई लक्षित गरी विस्फोट गराइएको र विस्फोट भएको ठाउँमा फलामका टुक्राहरु देखिएकाले कस्तो प्रकारको बम हो भन्ने यकिन हुन नसकेको प्रहरीले बताएको छ। 

केही दिनअघि मात्रै खिलुङ कालिका एग्रोफर्मले गल्याङ नगरपालिका–७ मा सुली डम्पिङ गरेको स्थलबाट विषादी आँधीखोलामा फाल्दा आँधीखोलामा रहेका माछालगायत अन्य जलचर प्राणीको विनाश भएको थियो। विनाशपछि गल्याङ तथा आसपासका प्रभावित क्षेत्रका बासिन्दाले वातावरणीय क्षेत्रमा गम्भीर खेलबाड गरेको भन्दै आक्रोशित भई कडा कारबाहीको माग गरेका थिए। 

प्रकाशित: २७ वैशाख २०७५ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App