१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फरार हत्यारा १३ वर्षपछि पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ। 

ब्यूरोको टोलीले विसं २०६२ माघमा काठमाडौँको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। 

अदिपले विसं २०६२ मा नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणाधीन घरमा फर्मासम्बन्धी काम गर्न बसेका महेशको हत्या गरेर फरार भएका थिए । पक्राउ भएका राईलाई बुधबार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा बुझाइएको ब्यूरोले जनाएको छ। 

प्रकाशित: २७ वैशाख २०७५ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App