१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बसले ट्याक्सीलाई ठक्कर दिँदा ५ जना घाइते, तीनकाे अवस्था गम्भीर

तनहुँ– बन्दिपुर गाउँपालिका १ नयाँवस्तीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा ५ यात्रु घाइते भएका छन् ।
पुथ्वी राजमार्गअन्र्तगत डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना२ख ८२७० नम्वरको बसले विपरित दिशाबाट आएको बा२ज ४०२३ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सीमा सवार ५ जना घाइते भएका हुन् । 
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्याक्सीमा सवार सिन्धुपाल्चोक थोकरपा १ का २९ वर्षीय टेकबहादुर सार्की, म्याग्दे ४ घुम्तीका ४८ वर्षीय नारायण भुजेल र म्याग्देकै ६० वर्षीया मनमाया मल्लको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुपाल्चोक थकरपा १ का १९ वर्षीय विवेश रोका र म्याग्दे ४ का ४५ वर्षीय मनमाया भुजेलको भने अवस्था सामान्य छ । 

 

प्रकाशित: २७ वैशाख २०७५ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App