१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘समृद्धि र सुशासनका लागि युवा अभियान’

काठमाडौं– युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रभात विक्रम कटवालले मुलुक समृद्धिको अभियानमा आम युवालाई जोड्न संघले समृद्धि र सुशासनका लागि युवा अभियान शुभारम्भ गर्न लागेको जानकारी गराएका छन्।

जेठ १ पर्ने युवा संघको स्थापना दिवसको पूर्व सन्ध्यामा भक्तपुर जिल्ला कमिटीद्वारा आयोजित विस्तारित बैठकलाई भक्तपुरमा सम्बोधन गर्दै उपाध्यक्ष कटवालले समृद्धि भाषण गरेर मात्र होइन स्पष्ट कार्ययोजना तर्जुमा गरेर वाम सरकारको पालामा सम्भव रहेको तर्क गरे। उनले १६ बर्षदेखि ४०  उमेर समूहका हरेक युवालाई सीप र प्रविधिमा जोडेर मुलुकमै रोजगार सृजना गर्न विशेष कार्यक्रम राज्यले ल्याउनु पर्नेमा जोड दिए। 

मुलुकको विकासका निम्ति युवालाई सहि परिचालन गर्दै युवाको सीप र दक्षतालार्इ राज्यले सम्मान गर्ने वातावरणको निर्माण हुँदै जाने बिश्वास व्यक्त गरे। 

कार्यक्रममा एमाले भक्तपुरका कार्यबहाक अध्यक्ष्य वचन देउजा, युवा संघ सचिवालय सदस्य निरेशलाल सिंह केन्द्रीय सदस्य सन्जिब रोकाहा, बिनोद केसी, दिपक थापा लगायतले मन्तब्य राखेका थिए। 

प्रकाशित: २६ वैशाख २०७५ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App