१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपालमा पहिलोपल्ट कलेज सेफ आइकन कन्टेष्ट हुने

काठमाडौँ – नेपालमा पहिलो पटक हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई टार्गेट गरेर कलेज सेफ आइकन कन्टेष्ट हुने भएको छ। सगतानी एक्जिमको प्रस्तुति तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसंगको सहकार्यमा स्नेहा ट्राभल्स मिडियाले यस कलेज सेफ आइकन गर्न लागेको हो। 

कलेज सेफ आइकन नेपाल २०१८ नामांकरण गरिएको यस कन्टेष्टमा बिएचएम तथा डिएचएममा अध्ययनरत विद्यार्थीहरुबीच नेपाली तथा विदेशी खाना बनाउने प्रतियोगिता हुने भएको काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। प्रतियोगिताको अडिसन यही आउने जेष्ठ १५ गतेबाट हुने जनाइएको छ।

कन्टेष्टमा नेपाली हेरिटेज खाना, आदिवासी खाना, कन्टिनेन्टल तथा इटालियन खाना, इण्डियन खना, चाइनिज खानाहरू हुने छन्। सुरेशचन्द्र बस्नेत, सूर्यकिरण श्रेष्ठ, श्रीराम अधिकारी, लक्ष्मणप्रसाद भण्डारी, डा।संजय जम्मल, युवराज पोखरेल र कृष्णकाजी बस्नेत लयातका विशिष्ट सात सदस्यीय सेफहरू निर्णायक रहने भएका छन् ।

प्रकाशित: २६ वैशाख २०७५ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App