१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर दुईको मृत्यु, एक घाइते

त्रिपुराकोट – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ मा पर्ने चिप्लेभिरमा ब्लास्टिङको क्रममा उछिट्टिएको ढुंगा लागेर दुई कामदारको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा काम गर्दै आएका रुकुम जिल्ला आठबिसकोट नगरपालिका–१० बस्ने अन्दाजी २१ वर्षीय देवबहादुर चन्द र सोही नगरपालिका–१२ बस्ने अन्दाजी २९ वर्षीय अमृत रानामगरको ब्लास्टिङ गर्दा उछिट्टिएको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिए। 

सोही नगरपालिका–९ बस्ने ४१ वर्षीय शक्तिबहादुर शाही भने गम्भीर घाइते भएको समेत प्रहरीले जनाएको छ। मृतक दुई जनाको शव घरतर्फ लगिएको र गम्भीर घाइते शाहीलाई उपचारका लागि रुकुम जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २६ वैशाख २०७५ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App