गुण्डागर्दी र लागुऔषध नियन्त्रणका लागि समिति गठन

बुधबार, २६ बैशाख २०७५, १२ : ३५ नागरिक

काठमाडौँ –  गोँगबु, नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सात वटा समिति गठन गरिएको छ। 

महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज नयाँ बसपार्क र त्यस क्षेत्र वरपर हुने अपराध नियन्त्रण गर्न समिति गठन गरिएको हो। 

गठन गरिएका समितिहरुमा लागुऔषध नियन्त्रण तथा निराकरण समिति, महिला विरुद्धको अपराध नियन्त्रण समिति, व्यवस्थित फुटपाथ तथा पार्किङ समिति, होटल लज रेष्टुराँ, डान्स बार व्यवस्थित समिति, अवैध धन्दा निराकरण समिति, गुण्डागर्दी नियन्त्रण तथा निराकरण समिति र सार्वजनिक स्थान सरसफाइ समिति रहेका छन्। 

प्रभाग प्रमुख प्रताप पौडेलले गोँगबु, नयाँ बसपार्क क्षेत्रको अपराध नियन्त्रण गरी उक्त क्षेत्रलाई सबैको रोजाइको क्षेत्र बनाउनका लागि विभिन्न समिति गठन गरिएको जानकारी दिए। “गोँगबु क्षेत्रको शान्तिसुरक्षालाई बलियो बनाउनका लागि स्थानीय जनताको साथ सहयोग आवश्यक छ,” उनले भने। 

स्थानीय सामुदायिक सेवा केन्द्रका कार्यवाहक अध्यक्ष शैलेश कार्कीले नेपालको एक मात्र राष्ट्रिय बसपार्क रहेको नयाँ बसपार्कको शान्तिसुरक्षालाई बलियो बनाउन केन्द्रले प्रहरीसँग मिलेर समिति गठन गरेको जानकारी दिए। “प्रहरीलाई सहयोग गर्ने भनेको स्थानीयवासीले नै हो,” उनले भने। 

सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख दीपेन्द्रबहादुर मल्लले बिना बर्दीका प्रहरका रुपमा गोँगबु क्षेत्रलाई उपत्यकाको नमूना क्षेत्र बनाउन स्थानीय जनताको सहयोग प्रहरीलाई आवश्यक पर्ने बताए। गठन गरिएका समितिमा अनिवार्य एक प्रहरीसहित स्थानीयवासीको सहभागिता रहनेछ। प्रत्येक समितिमा कम्तीमा १५ सदस्य रहने व्यवस्था गरिएको छ। गोँगबु क्षेत्रमा एक हजारभन्दा धेरै होटल, लज, बार तथा रेष्टुराँ सञ्चालनमा छन्। 







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad