१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोका कोलाको १३२ बर्षे रिफ्रेसमेन्ट यात्रा

काठमाडौं–कोका कोलाले स्थापनाको १३२ बर्ष पूरा गरेको छ । सन् १८८६ मे ८ मा स्थापना भएको यो कम्पनीले एट्लान्टा फर्मासिस्ट जोन एस पेम्बर्टनले स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन्।

कम्पनीका अनुसार संसारमा कोकाकोला आफैमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची बनेका छन् ।
कम्पनीद्धारा जारी विज्ञप्तीमा लेखेको छ,‘कोकाकोलाको स्वाद आफैंमा  युनिक छ , यसले आफ्ना विश्वभरिका  उपोभोक्ताहरुलाई उनीहरुले खोजे जस्तै र मन पराए जस्तै स्वाद दिदैं आएको छ।’

डा पेम्बरर्टनका पार्टनर र बुक फ्रान्क एम रोबिन्सनले यो पेय पदार्थको नाम कोकाकोला राखेका थिए । उनले नै यसको डिजाईन र ट्रेडमार्क दर्ता गरेका हुन् । जुन अहिलेसम्म प्रयोगमा आइरहेको छ ।विश्वका २ सय भन्दा बढी देशहरुमा कोकाकोलाको उत्पादन हुने गरेको छ।

नेपालमा पनि कोकाकोला सन् १९७९ मे ८ मा स्थापना भएको हो । अहिले नेपालमा कोकाकोलाको २ वटा प्लान्टहरु संचालनमा रहेका छन् । एउटा उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा छ । अर्को चितवनको भरतपुरमा रहेको छ।
कोकाकोला कम्पनीले विश्व भरिनै रिफ्रेस, प्रेरक र भ्यालु क्रियटलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित: २६ वैशाख २०७५ ०५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App