१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महाकालीमा चार लेनको पक्की पुल बन्ने

भीमदत्तनगर—भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी छ महिनाभित्र महाकाली नदीमा पक्की पुल निर्माणको थालनी हुने जानकारी दिए।

आजदेखि सुरु भएको नेपाल इँटाउद्योग महासङ्घको नवौं साधारणसभाको उद्घाटन गर्दै मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बन्ने र त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बताए। 'अर्थ मन्त्रालयबाट भारत पठाउने काम हुँदैछ', उनले भने।

अर्को प्रसङ्गमा उनले अबको १५-१६ महिनामा तीन वटै तहको निर्वाचन गराउन सरकार गम्भीर भएर लागेको बताए।

प्रकाशित: १३ भाद्र २०७३ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App