१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'सांस्कृतिक पक्षले आकर्षित गर्‍यौ'

काठमाडौं- ब्रिटिस सांसद विरेन्द्र शर्माले नेपालको धार्मिक सहिष्णुताको प्रसंशा गरेका छन्। संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको टोलीका सदस्य शर्माले मंगलबार बिहान चन्द्रेश्वर महादेवमा पूजापाठ पछि यहाँको सांस्कृतिक पक्षले आफुलाई आकर्षित गरेको बताए। नेपाल र बेलायतबीच लामो कुटनीतिक सम्वन्ध रहेको बताउँदै शर्माले दुई देश असल मित्र रहेको बताए।

भारतीय मुलका ब्रिटिस सांसद शर्माले धुम्वाराही स्थीत चन्द्रेश्वर महादेव मन्दिरमा विशेष पूजाअर्चना गरेका थिए।

बेलायतमा व्यवसाय गर्दै आएका रविचन्द्र लामिछानेले उक्त मन्दिर निर्माण गरेका हुन्। रविचन्द्र ट्रस्ट स्थापना गरी लामिछानेले विभिन्न सामाजिक कामहरु गर्दै आएका छन्।

ब्रिटिस सांसदहरु डेभिड मोरिस, विरेन्द्र शर्मा, केरी मेकर्थी,लोर्ड बाल्फे र लोर्ड ढोलकिया नेपाल भ्रमणमा रहेका छन्।  

 

प्रकाशित: २५ वैशाख २०७५ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App