१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी शाहीलाई वडाध्यक्षको ज्यान मार्ने धम्की

धम्की दिने वडाध्यक्ष संज्याल र सिम्खाडा ।

कालिकोट– रास्कोट नगरपालिका वडा नम्बर १ र २ का वडाध्यक्षले नागरिक दैनिकका संवाददाता पवित्रकुमार शाहीलाई ज्यान मार्ने धम्की दिएका छन्।

नागरिक दैनिकको पश्चिमेली संस्करणमा सोमबार (२४ वैशाख) ‘वडाध्यक्ष प्रहरी फन्दामा’ शीर्षकको समाचार प्रकाशित भएपछि वडा नम्बर १ का अध्यक्ष नवराज संज्याल र वडा नम्बर २ का अध्यक्ष दयाराम सिम्खाडाले शाहीलाई मोबाइलबाट ज्यान मार्ने धम्की दिएका हुन्। 

अवलोकनका लागि अन्तरजिल्ला भ्रमणमा गएका वडाध्यक्ष नवराज संज्यालले जाँड खाएर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लफडा गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त समाचार शाहीले लेखेका थिए। शाहीका अनुसार पक्राउ परेर रिहा भएका वडाध्यक्ष संज्यालको मापसे गरेको मेडिकल रिपोर्ट र प्रहरीलाई नै अपशब्द तथा आक्रमण गरेको प्रमाण सुरक्षित छ। वडा नम्वर २ का अध्यक्षले एउटै नगरपालिकाको सहकर्मीको न्युज प्रकाशन गरेको भन्दै धम्की दिएका छन्। १ नम्बर वडाका अध्यक्ष संज्याल माओवादी केन्द्रबाट निर्वाचित हुन्। २ नम्वर वडाका अध्यक्ष दयाराम सिम्खाडा नेकपा एमालेबाट निर्वाचित भएका हुन्। 

संज्याले ९८४८३२९८९८ नम्बरको मोबाइलबाट अपशब्द बोल्नुका साथै ज्यान मार्ने धम्की दिएका हुन् भने सिम्खाडाले ९८४८३११६३५ नम्बरको मोबाइलबाट पटक पटक धम्की दिएका छन्। सिम्खाडाले आफ्नै नगरपालिकाको अध्यक्षको संरक्षण गर्ने ठाउँमा मिडियामा ल्याएको भन्दै ‘पत्रकारलाई ठिक पार्ने’ धम्की दिए। कृषि तथा पशु क्षेत्रको बारेमा अन्तरजिल्ला पाल्पा र धादिङ जिल्लामा भ्रमण तथा अवलोकन गर्न गएका अध्यक्ष संज्याल र सिम्खाडा काठमाडौं पुगेर जहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत पुगेका छन्।

दुवै अध्यक्षले दिएको धम्की मोबाइल रेकर्डमा आवाज सुरक्षित रहेको छ। पत्रकार शाहीको साथमा रहेका मोबाइलबाट दिएको धम्कीको आवाज सुन्नेमा प्रत्यक्षदर्शी पत्रकार कृष्णराज धमाला छन्। पत्रकार शाही नागरिक दैनिकको कालिकोट संवाददाता, स्थानीय मिसन न्युज साप्ताहिकका सम्पादक र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव हुन्।

प्रकाशित: २५ वैशाख २०७५ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App