सैन्य क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने विश्वका १० देशहरू

मङ्गलबार, २५ बैशाख २०७५, ११ : ५१ नागरिक

काठमाडौं– सन् २०१७ मा विश्वको सैन्य खर्च १ हजार ७ सय अर्ब अमेरिकी डलर पुगेको छ । सैन्य क्षेत्रमा लगानी गर्ने पहिलो मुलुकमा अमेरिका पर्छ । अमेरिकाले सन् २०१७ मामात्रै ६ सय १० अर्ब डलर खर्चिएको छ । चीनले २ सय अर्ब बढी अमेरिकी डलर खर्चिएको छ । 

अनुसन्धान अनुसार सन् २०१७ मा अमेरिकाले कूल ग्राहस्र्थ उत्पादनको ३ दशमलव १ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्चिएको छ । चीनले १ दशमलव ९ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्चिएको छ । 

अनुसन्धान अनुसार अमेरिका र चीन कूल गाहस्र्थ उत्पादनका आधारमा सैन्य क्षेत्रमा मोटो रकम खर्चिने १० मुलुकहरूको सूचीमा भने पर्दैनन् । कूल ग्राहस्र्थ उत्पादनका आधारमा सैन्य क्षेत्रमा मोटो रकम खर्चिने  १० मुलुकहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ । 

१ ओमान 
सन् २०१७ मा कूल ग्राहस्र्थ उत्पादनको १२ प्रतिशत अर्थात् ८ दशमलव ६८६ अर्ब अमेरिकी डलर खर्च गरेर ओमान सैन्य क्षेत्रमा विश्वमै बढी रकम खर्च गर्ने मुलुकको अग्र स्थानमा छ । 
 

२ साउदी अरेबिया 
सन् २०१७ मा कूल ग्राहस्र्थ उत्पादनको १० प्रतिशत अर्थात् ६९ दशमलव ४१३ अर्ब डलर सैन्य क्षेत्रमा खर्च गरी साउदी अरेबिया सैन्य क्षेत्रमा  विश्वमै बढी रकम खर्च गर्ने मुलुकको दोस्रो स्थानमा छ । 

३ प्रजातान्त्रिक गणतन्त्र कंगो 
अफ्रिकी मुलुक कंगोले कूल ग्राहस्र्थ उत्पादनको सन् २०१७ मा ६ दशमलव २ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको छ । 
 

४ कुवेत
सन् २०१७ कुवेतले कूल ग्राहस्र्थ उत्पादनको ५ दशमलव ८ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको छ । यहाँ अमेरिकी सैनिकको धेरै अखडा रहेका छन्। 
 

५ अल्जेरिया 
फ्रान्सको उपनिवेशबाट मुक्त भएको मुलुक अल्जेरियाले कूल ग्राहस्र्थ उत्पादनको ५ दशमलब ७ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको छ । 
 

६ जोर्डन 
जोर्डन सन् १९४६ देखि इजरायलबाट स्वतन्त्र भएको मुलुकको हो । इस्लामिक स्टेटका कारण अहिले पनि आन्तरिक हिंसामा भएको यस मुलुकले  सन् २०१७ मा कूल ग्राहस्र्थ उत्पादनको ४ दशमलव ८ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको तथ्यांक छ । 
 

७ इजरायल 
सन् २०१७ मा सैन्य क्षेत्रमा मोटो रकम खर्च गर्ने मुलुकमा इजरायल पनि पर्छ । इजरायलले कूल ग्राहस्थ उत्पादनको ४ दशमलव ५ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको तथ्यांक छ ।
 

८ लेबनान 
लेबनान बढी सैन्य सामाग्री भएको मुलुकको सूचीमा पर्छ । सन् २०१७ मा लेबनानले सैन्य क्षेत्रमा कूल ग्राहस्र्थ उत्पादनको ४ दशमलव ५ प्रतिशत रकम खर्च गरेको छ । 
 

९ रूस 
 रूस सैन्य क्षेत्रमा बढी खर्च गर्ने मुलुकको सूचीमा सन् १९९७ देखि नै समावेश हुँदै आएको छ । सन् १९९८ मा रूसले कूल ग्राहस्र्थ उत्पादनको ३ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको थियो । सन् २०१७ मा रूसले कूल ग्राहस्र्थ उत्पादनको ४ दशमलव ३ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको थियो । 
 

१० बहराइन 
मुस्लिम राष्ट्र बहराइनले सन् २०१७ मा कूल ग्राहस्र्थ उत्पादनको ४ दशमलव १ प्रतिशत रकम सैन्य क्षेत्रमा खर्च गरेको थियो । 
एजेन्सीको सहयोगमा







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad